रमिता बि क,
कमलबजार,जेठ ३१,लामो समयदेखि दुर्गन्धित रहेको कमलबजार क्षेत्र आज नगरपालिकाको पहलमा सरसफाई गरिएको छ। केही दिन अगाडि यहाँका नागरिक,समाज, र पत्रकारले फोहोरको विषयमा नगरपालिकालाई ध्यानाकर्षण गराएको थियो। उक्त ध्यानाकर्षण पत्रको ग्रहण गर्दै नगरपालिकाले आज सरसफाई कार्यक्रमको आयोजना गरी आज बजार सरसफाई गरेको छ। अबदेखि प्रत्येक महिनामा बजार सरसफाई गरिने स्रोतले जनाएको छ। बजार सरसफाईका लागि नगरपालिकाले ढुवानीको समेत व्यवस्था गर्ने भएको छ।

सरसफाई कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै नगर प्रमुख यज्ञ प्रसाद ढकाले गर्मीको समयमा विभिन्न खालका रोगहरू डेंगु र समहामारी फैलिइरहेको अवस्थाले त्यसकोसमेत नियन्त्रण गर्नका लागि बजार क्षेत्रमा सरसफाइ अभियानको सुरुवात गरिएको बताउनुभयो । साथै उहाँले आफ्नो आफ्नो घर तथा पसलको फोहोर एकै ठाउँमा जम्मा गर्न समेत आग्रह गर्नुभयो। एकै ठाउँमा जम्मा गरेको फोहोरलाई नगरपालिकाको गाडीले निःशुल्क रुपमा महिनाको एकचोटि उठाउने बताउनुभयो । ढकालले फोहोर व्यवस्थापनका लागि एक हप्ताभित्र डम्पिङ साइड निर्माण गर्ने उद्घोष गर्नुभयो।

बजार सरसफाई कार्यक्रममा नगर प्रमुख, विभिन्न राजनीतिक दलका पार्टी प्रतिनिधि, बजार व्यवस्थापन समिति, बुद्धिजीवी, समाजसेवी, व्यापारी,स्थानीय प्रहरी, पत्रकार,लगायतको सहभागितामा सरसफाई गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय