वाक नेपाल र सेभ द चिल्ड्रेन ग्लोबल फण्डको साझेदारीमा अछाम र डोटी जिल्लामा संचालन भइरहेको एच.आई.भी.टी.वी.कार्यक्रमको जिल्ला स्तरिय समन्वयात्मक  वैठक स्वास्थ्य कार्यालय डोटीमा सम्पन्न भएको छ ।
वाक नेपालका अध्यक्ष बल बहादुर केसीको अध्यक्षतामा भएको बैठकका प्रमुख
विशिष्ट अतिथि दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिं खडका रहनु भएको बैठकमा जिल्ला अस्पताल डोटीका मेडिकल सुपरिटेन्डेन्ट सुजित मण्डल, क्षय,कुष्टरोग निरिक्षक पंकज कलोनी, सि.डि.एफ. नेपाल डोटीका अध्यक्ष खडकराज शर्मा, ए.आर.टि. इन्चार्ज कमल रेग्मी, दि.सि.न.पा. सि.अ.हे.ब. गणेश बहादुर भण्डारी, लाली गुराँस एकता समाजका संयोजक उपेन्द्र मल्ल, ए.एच.एफ. ए.आर.टि. काउन्सलर शर्मिला मलासी, वाक नेपालका कविता सुवेदी, किर्ति कुमार खड्का, टेकेन्द्र परियार, शैलेन्द्र जोशी लगाएतको सहभागीता रहेको थियो ।

बैठकमा उपस्थित सहभागीहरू मध्ये जिल्ला समन्वय समिति प्रमुख लक्षमण सिंह, दि.सि.न.पा. नगर प्रमुख बाजि सिं खडका, जिल्ला अस्पतालका मेडिकल सुपरि टेन्डेन्ट सुजित मण्डल लगातले निम्न सुझाबहरू दिनु भएको थियो ।
१) स्थानिय सरकार तथा सरोकारवालाहरू सँग थप समन्वय र सहकार्य गरेर मात्र गतिविधिहरू संचालन गर्नु पर्ने ।
२) डोटी जिल्लाका सबै स्थानिय तहहरूमा कार्यक्रम लागु गर्नु पर्ने ।
३) एच.आई.भी.टी.वी.कार्यक्रम मात्रै नभएर थप परियोजनाहरू लागु गर्न दातृ निकायको खोजी गरी परियोजनाहरू लागु गर्नु पर्ने ।
४) संस्थाले संचालन गरेका क्रियाकलापहरू गुणस्तरिय, पारदर्श र सेवा मुलक रहेकाले डोटी जिल्ला सहकार्य गरेर जान तयार रहेको ।
५) संस्थाले संचालन गर्ने हरेक काममा सहयोग गर्ने प्रतिबद्दता जाहेर गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय