हिक्मत बहादुर नेपाली
अछाम असार २४ ।
अछामको तुर्माखाँद गाँउपालिकाले एसइईको नतिजा सुधार्नका लागी निशुल्क परीक्षा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । गाँउपालिकाले ग्रेडवृद्धिका लागी हुने परीक्षामा सम्मिलित हुने बिद्यार्थीका लागी निशुल्क परीक्षा तयारी कक्षा सञ्चालन गर्न लागेको हो । एक सुचना जारी गर्दै गाँउपालिकाले अंग्रेजी, गणित र बिज्ञान बिषयको बिशेष तयारी कक्षा सञ्चालन गर्न लागेकाले ग्रेडबृद्धि परीक्षामा भाग लिने बिद्यार्थी लाई सहभागी हुन आग्रह गरेको छ ।
तुर्माखाद गाँउपालिकाको केन्द्रमा रहेको कालिकेश्वरी माद्यामिक बिद्यालयमा असार २५ गते देखी श्रावण २१ गते सम्म कक्षा सञ्चालन गरिने पालिकाका प्रमुख प्रशासकिय अधिकृत चक्रदेव भट्टले बताउनु भयो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर लाई सुधार्नका लागी सार्वजजिक पद धारण गरेकाका बालबालिका लाई सामुदायिक विद्यालयमा भर्ना गराउने अभियान समेत सञ्चालन गरेको छ । गत असार १ गते सामुदायिक विद्यालयमा पढाउन भर्ना गरेकाको विवरण सार्वजनिक गर्ने कार्यक्रममा अभियान सञ्चालन भएको पहिलो बर्षमै ७० प्रतिशत अभिभावकले सामुदायिक विद्यालयमा भर्ना गराएका गाँउपालिकाका अध्यक्ष डम्बर बिसीले बताउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय