मंगलसेनमा रहेको षोडशा देवी माध्यामिक विद्यालयमा पुन निर्माण गरिएको छात्रा शौचालय विद्यालयलाइ हस्तान्तरण गरिएको छ । १० लाख १५ हजारको लगानीमा पुन निर्माण गरिएको शौचालय मंगलबार एक कार्यक्रमको आयोजनागरि विद्यालयलाइ हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ । न्युयोर्क युनिभर्सिटीमा अध्यायन पश्चात् मंगलसेन नगरपालिका वडा नं ५ निवासी योगेश ढुंगानाले विद्यालयको छात्रा शौचालय पुनर्निर्माण गरि विद्यालयलाइ हस्तान्तरण गर्नुभएको हो । विद्यालयले मंगलबार एक कार्यक्रमको आयोजना गरि शौचालय पुन निर्माण गर्न सहयोग गर्ने ढुंगानालाई सम्मानपत्र द्धारा सम्मान गर्दै आगामी दिनमा पनि यस्तै रचनात्मक सहयोगको अपेक्षा गरेको विद्यालयका प्रधानाध्यापक बृकेश सिंह बोगटीले बताउनुभयो । प्रधानाध्यापक बोगटीले भन्नुभयो हाम्रो विद्यालयमा झण्डै एक हजार पाचसय जना विद्यार्थि छन त्यी मध्य छात्राको संख्या बढि रहेको र उनीहरुले शौचालयको अभाव झेली रहेका बेला विद्यार्थि ढुंगानाले विद्यालयमा रहेको पुरानो शौचालय मर्मत गरि राम्रो शौचालय बनाई दिएपछि यसले गर्दा विद्यालयलाइ धेरै ठुलो सहयोग पुगेको बताउनुभयो । विद्यालय जस्तो क्षेत्रमा शौचालय अनिर्वाय हुने र त्यसैमा छात्रा शौचालय अझ महत्वपूर्ण भएकाले अब विद्यालयका छात्राहरुलाई निकै सहज भएको भन्दै खुसी व्यक्त गर्नुभएको छ । शौचालय हस्तान्तरण कार्यक्रममा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा, वडा न ३ का अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक बृख बहादुर बोगटी, विद्यालयका शिक्षक लगायत अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो । शौचालय हस्तान्तरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झंकर प्रसाद भाटको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय