हिक्मत बहादुर नेपाली
अछाम भाद्र ३१ ।
महिला सहकारीहरु मार्फत सफा खाना पकाउने चुलोको पर्वद्वन परियोजना अन्तर्गत बजारीकरण सम्बन्धि अभिमुखीकरण गोष्ठी आज कमलबजारमा सम्पन्न भएको छ । आईकेआई साना अनुदान कार्यक्रमको आर्थिक सहयोग र ग्रामीण विकास केन्द्र (रुडेक) नेपाल द्वारा सञ्चालित चुलोको प्रवर्द्धन परियोजना अन्तर्गत कार्यक्रम भएको हो ।
धुवा रहित तथा कम दाउरा खपत हुने चुलो वितरण गरि नागरिकको स्वास्थमा सुधार गर्ने उदेश्यले कमलबजार नगरपालिका संगको साझेदारीमा पालिका भित्रका १५ सय घरदुरीलाई यश बर्ष चुलो वितरण गरिने बताईएको छ । पहिलो चरणमा विपन्न एकल महिला तथा अपाङ्गता भएका व्यक्ति चुलो वितरणमा प्राथमिकता दिने गोष्ठीले निर्णय गरेको छ
ञञ। कमलबजार पालिकाका नगर उपप्रमुख शारदा कुमारी बिष्ट कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा , कमलबजार नगरपालिका वडा नं ५ का अध्यक्ष तथा पालिकाका प्रवक्ता सत्य राज तिमिल्सैना , वडा नं १ का अध्यक्ष भक्त बहादुर बोहोरा , वडा नं ३ का वडा अध्यक्ष नैन सिंह कुँवर, वडा नं ६ का वडा अध्यक्ष लाल बहादुर शाह , वडा नं ९ का वडा अध्यक्ष कमल प्रसाद बजगाई कार्यपालिका सदस्य , पालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्र बहादुर बिष्ट विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि पालिका स्थित महिला सहकारी संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियोे ।




