
२९ सेप्टेम्बर २०२४ का दिन “कुँवर समाज निर्माण आजको आवश्यकता वंशावली को संरक्षण गर्ने हाम्रो प्रतिवद्धता” मुल नाराका साथ भारत प्रबासलाई कर्मथलो बनाउंदै भारतको बिभिन्न राज्यहरुमा छरिएर रहेका कुँवर वंशावलीको पारिवारिक एकता गर्दै गौरवान्वित ईतिहासको संरक्षण जगेर्ना गर्न धर्म र कर्तव्यमा कुँवर बन्धुहरुको एक्यबद्धता गर्दै कुँवर समाज मुम्बई, भारत (धनन्जय गोत्र खुलाल बंशी) कुँवर हरुको पहिलो पारिवारिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम भव्य र सभ्य रुपमा भारत को आर्थिक राजधानी मुम्बई को दादर पश्चिम् स्थित शारदाआश्रम विद्यालयको सभा हलमा सु-सम्पन्न भएको जानकारी गरिन्छ।
श्री केशब कुँवर ज्यूँ को संचालनमा सुरू भई श्रीमति महोदया सुमित्रा कुँवर ज्यूँ को अध्यक्षतामा प्रमुख अतिथि जेष्ठ नागरिक एवम् अभिभावक आदरणीय ब्यक्तित्व श्री तुलसी कुँवर , बिशिष्ट अतिथिमा अभिभावक आदरणीय ब्यक्तित्व श्री पुर्ण कुँवर, (दादर निवासी) अतिथिहरुमा जेष्ठ नागरिक एवम् अभिभावक आदरणीय ब्यक्तित्व ८४वर्षिय श्री धन बहादुर कुँवर ,महाराष्ट्र राज्य पोलिसमा कार्यरत आदरणीय ब्यक्तित्व श्री ईन्द्र बहादुर कुँवर,श्री पूर्ण बहादुर कुँवर लगायत समग्र कुँवर बन्धुहरूको उपस्थितिमा राष्ट्रिय गानको धुन बजाएर राष्ट्रीय गानमा सबैजना सरिक भएका थिए र त्यसपछि केही दिन देखिको मातृभूमि नेपाल मा अविरल वर्षाको कारणले देशको विभिन्न भु-भागमा पुर्याएको जन,धनको क्षतिलाई ध्यानमा राख्दै बाढी पहिरोमा परि घाईते हुनुभएका सम्पुर्ण घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै , घटनामा परि मृत्यु वरण गर्नुभएका मृतक हरु प्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण सहित एक मिनेटको मौनधारण गरिएको थियो।
मौनधारण पश्चात पहिलो सेसनमा परिचयात्मक कार्यक्रम गरिएको थियो जसमा क्रमश उपस्थित सम्पुर्ण कुँवर बन्धु महानु भावहरुले आ-आफ्नो परिचय र कुँवर समाज प्रति अत्यन्तै सकारात्मक सोच सहित उपस्थित सबैले आ-आफ्नो धारणा राख्नुभएको थियो ।
दोस्रो सेसनमा उपस्थित सबै कुँवर बन्धुहरुको बिचमा कुँवर समाज मुम्बई,भारत गठन प्रक्रियालाई अन्तरक्रिया द्वारा बृहत छलफल पश्चात् टुंगो लगाउँदै सर्बसम्मत रूपमा श्री पूर्ण बहादुर कुँवरको अध्यक्षता मा मुल समिति गठन गरिएको छ।
उक्त गठित समितिको निर्णयअनुसार दिपावली पश्चात् लगत्तै कुँवर परिवारको दोस्रो भेटघाट एवम् बृहत आम भेला र सांस्कृतिक कार्यक्रम रहने निर्णय सहित कार्यक्रम भब्य र सभ्य रूपमा सम्पन्न भएको जानकारी गरिन्छ।
कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गर्न गुजरात को सुरत शहर देखि महाराष्ट्र पूना शहर देखी पनि कुँवर बन्धु हरु उपस्थित भएर सहयोग गर्नु हुने सम्पुर्ण आदरणीय ब्यक्तित्व हरुमा कुँवर समाज मुम्बई,भारत हार्दिक आभार ब्यक्त गर्दछ। यसरी नै आगामी दिनहरुमा आर्थिक,भौतिक,नैतिक रूपमा तपाईं हरूको साथ, सहयोग सपोर्ट र सुझाबको हमेशा आसा र अपेक्षा सहित पुनः हार्दिक धन्यवाद ब्यक्त गर्दछौं।🙏
कुँवर समाज मुम्बई, भारतको मुल समितिमा निम्नलिखित पदाधिकारी लगायत सदस्यहरु रहेका छन्।
अध्यक्ष ~पुरन कुँवर (जुपु अछाम, हाल मुम्बई)
उपाध्यक्ष ~रतन कुँवर ( जमालगाऊ अछाम, हाल गुजरात)
उपाध्यक्ष ~चक्र कुँवर( गैरागाउ,हाल लोनावला)
उपाध्यक्ष ~कुबेर कुँवर (जमालगाऊ अछाम हाल ठाणे )
सचिब ~केशब कुँवर (काटै अछाम,हाल बोईसर)
कोषाध्यक्ष ~ईन्द्र बहादुर कुँवर (पायल अछाम,हाल मुम्बई)
सह-सचिव~भरत कुँवर (दहे अछाम,हाल-माहिम)
सह-कोषाध्यक्ष ~टेक कुँवर (डोटी,हाल-दादर)
सदस्य ~मुकेश कुँवर (प्रभा अछाम,हाल पुणे)
सदस्य ~ पुरूषोत्तम कुँवर (काठमाडौँ,हाल दादर पश्चिम)
सदस्य ~मदन कुँवर (झकाले, हाल अधेरी)
सदस्य ~गोपी कुँवर (गैरागाऊ, हाल बोईसर)
सदस्य ~भरत कुँवर (काटै अछाम,हाल सुरत)
सदस्य ~भरत कुँवर (झकाले, हाल अधेरी
सदस्य ~सत्य बहादुर कुँवर (हाल मुम्बई)
सदस्य ~चेतमान कुँवर(गैरागाऊ अछाम,हाल मुम्बई दादर)
सदस्य ~ईश्वर बहादुर कुँवर (हाल अधेरी मुम्बई)
सदस्य ~जगत कुँवर (हाल कान्दिवली मुम्बई)
सदस्य ~रमेश कुँवर (हाल मरोल)
सदस्य ~ सर्जन कुँवर (हाल सान्ता क्रुज मुम्बई)
सदस्य ~हर्षित कुँवर (हाल दादर पश्चिम मुम्बई)
सदस्य ~चेतमान कुँवर (हाल मुम्बई)
सदस्य ~सुमित्रा कुँवर (काठमाडौं,हाल काशिमिरा मिरारोड)
सदस्य ~भिम कुँवर (हाल घाटकोपर मुम्बई)
सदस्य ~कुबेर कुँवर (प्रभा, हाल पुणे क्याम)
सदस्य ~टिकेन्द्र कुँवर (गैरागाऊ अछाम,हाल बोईसर)
सदस्य ~तपेन्द्र कुँवर (हाल माहिम)
सदस्य ~चक्र बहादुर कुँवर (पनबेल कलंबोली)
सदस्य ~धन बहादुर कुँवर (डोटी, हाल मलाड)
सदस्य ~टेक कुँवर (डोटी, हाल दादर)
सदस्य ~शुक्र कुँवर (बुडाकोट,कलंबोली)
सदस्य ~ कुँवर (डोटी, हाल दादर)
सदस्य ~रपेश खकेन्द्र कुँवर (झकाले अछाम, हाल अँधेरी मरोल )
सदस्य ~चन्द्राबति कुँवर (झकाले अछाम, हाल अँधेरी मरोल )
सदस्य ~दिपिका कुँवर (अछाम )
बरिष्ठ सल्लाहकार समितिमा
तुलसी कुँवर (हाल मिरारोड, लोली अछाम )
धन बहादुर कुँवर ( डोटी हाल दादर)
पुर्ण कुँवर (हाल दादरा पश्चिम, मुवासैन अछाम )