हिक्मत बहादुर नेपाली
अछाम, असोज १७
अछाममा एक सुत्केरी महिलाको मृत्यु भएको छ । जिल्लाको ढकारी गाँउपालिका वडा नं ६ ढुंगाचाल्लाकि २९ बर्षिय सरिता देवी जैसीको आज मृत्यु भएको हो । उनलाई सुत्केरी बेथा लागी स्वास्थ्य चौकी ढुङ्गाचाल्नामा लग्ने क्रममा गय राती ३ बजेको समयमा बाटोमै सुत्केरी भएकी उनका श्रीमान टंक प्रसाद जैशीले बताउनु भयो ।
उपचारको लागि ढुङ्गाचाल्ना स्वास्थ्य चौकीमा लगिएको भएता पनी स्वास्थ्यमा समस्या आएका कारण थप उपचारको लागी जिल्ला अस्पताल मंगलसैन अछाममा रिफर गरेकोले उपचारको लागि जिल्ला अस्पताल मंगलसेन ल्याइएको थियो । आज बिहान १० बजेको समयमा जिल्ला अस्पताल कार्यालय मंगलसेनमा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिनु भयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय