हिक्मत बहादुर नेपाली
अछाम, असोज १८ ।
कमलबजार नगरपालिका वडा नं ६ स्याउँलेमा सम्पन्न टोल स्वास्थ्य शिविरमा ४३ महिला र ३१ पुरुष गरि जम्मा ७४ जनाले सेवा लिएका छन् । प्राथमिक स्वास्थ्य केन्द्र कमलबजारमा कार्यरत डा. सुधीर कुमार यादव, बिरपथ स्वास्थ्य चौकीमा कार्यरत जनस्वास्थ्य निरीक्षक आशिका तामाङ र सि.अ.हे.ब ईश्वर ढकालसहित स्वास्थ्यकर्मीको टिमले शिविरमा सेवा दिएका थिए । आज शिविरमा सेवा लिएका नागरिकले वडामा शिविरमा सेवा लिन पाएकोमा खुसी व्यक्त गर्दे आगामी दिनमा स्थानीय सरकारले टोल स्वास्थ्य शिविरलाई आवश्यकता अनुसार सबैतिर पहुँच पुग्ने गरि योजना बनाउन पनि सुझाव दिएका छन ।
शिविरमा कमलबजार नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष लाल बहादुर शाह लगायतको सहभागीता रहेको थियो ।




