हिक्मत बहादुर नेपाली
अछाम, असोज १९ ।
अछाम जिल्लाको कमलबजार नगरपालिकामा आँखा उपचार केन्द्र स्थापना हुने भएको छ।
काठमाडौँको तिलगंगा आँखा अस्पतालको सहयोगमा उक्त केन्द्र स्थापना हुने भएको हो।केन्द्रको लागि तिलगंगाले आवश्यक जनशक्ति, उपकरण र अन्य सामग्री सहयोग गर्नेछ।
नगरपालिका र तिलगंगाबीच आँखा उपचार केन्द्र स्थापना गर्ने सम्झौता भइसकेको नगरप्रमुख यज्ञ प्रसाद ढकालले जानकारी दिनु भयो ।
सम्झौतामा नगरपालिकाको तर्फबाट नगर प्रमुख ढकाल, तिलगंगाबीच आँखा प्रतिष्ठानको तर्फबाट डा. रीता गुरुङ र गेटा आँखा अस्पतालको तर्फबाट लोकराज जोसीले हस्ताक्षर गरेका छन्।
नगर प्रमुख ढकालले केन्द्रको लागि आवश्यक जनशक्ति पूर्ति गर्न चाँडै नेत्र सहायक पदका लागि विज्ञापन खोल्ने बताउनु भयो ।
केन्द्र सञ्चालनमा आएपछि स्थानीयल सहज रुपमै आँखाको उपचार पाउने विश्वास गरिएको छ। कमलबजार आँखा उपचार केन्द्र पाउने अछाम जिल्लाकै पहिलो नगरपालिका समेत बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय