अछाम , असोज २३ ।
अछामको जिल्ला ढकारी गाँउपालिका वडा न ८ गलवाल निवासी सरिता जैसीकाे गत असाेज १७ गते अत्याधिक रक्त श्रवाका कारण ज्यान गए पछि उनका आश्रित परिवार लाई विभित्र संघसंस्थाले आर्थिक सहायता गरिरहेका छन ।
मृतक सरिता वाट जन्मेकाे नवजात शिशु र अन्य ३ बाल बालिका सहित घरपरिवारकाे पालनपोषणकाे लागि आस्था नेपाल परिवारकाे तर्फबाट तिर्चालिस हजार अठतीस (४३०३८ ) रुपैयाँ आस्था नेपालले आज हस्तान्तरण गरेको छ । मृतकको परिवार बसिरहेका ढकारी गाउँपालिका वडा ८ गलबालमा गएर, आस्था नेपालका अछाम जिल्ला कार्य समिति सचिव कृष्ण प्रसाद देवकाेटाले निजका परिवारलाई हस्तान्तरण गर्नु भएको आस्था नेपाल बाल संरक्षण तथा बाल स्पोन्सरसिप परियोजनाका फिल्ड अधिकृत दिल बहादुर शाहीले कमलबजार दैनिक डटकमलाई जानकारी दिनुभयो ।
ADVERTISEMENT