हिक्मत बहादुर नेपाली
अछाम, कात्तिक ०४ ।
गत असोज १७ गते सुत्केरी व्यथामा उच्च रक्तश्रावका कारण ज्यान गुमाएकी सरिता जैसीका श्रीमान टंक प्रसाद जैसी दृष्टीबिहिन भएकाले उनका नवजात शिशु र अरु तिन नावालक छोरा छोरीको पालनपोषणमा समस्या भईरहेको छ । यसै समस्यालाई मध्येनगर गरी कमलबजार नगरपालिकाका प्रमुख यज्ञ प्रसाद ढकालले आज बिहान जैसीको आँखाको उपचारका लागी काठमाण्डौ तिलगंगा आखा अस्पतालमा लिनु भएको छ ।
गत असोज २२ गते जैसीको परिवारको अवस्था बुझ्न तथा आर्थीक सहायता प्रदान गर्न उनको घरमा गएका वेला नगरप्रमुख ढकाले दृष्टीविहिन जैसीको उपचार गर्ने प्रतिवद्धता गर्नु भएको थियो ।
आज उपचार गर्न काठमाण्डौं प्रस्थान गर्नु अघि कमलबजार मिडिया प्रालि द्धारा सञ्चालित केबिएम एफएम ८९.९ मेगाहर्ज तथा कमलबजार दैनिक डटकम संगै संक्षिप्त कुराकानी गर्दै नगर प्रमुख ढकालले दृष्टीविहिन जैसीको आँखाको अपचारका लागी तिलगंगा आँखा अस्पतालमा लिएर जान लागेको बताउनु भयो ।
साथै दृष्टीविहिन जैसीको आँखाको उपचारको जिम्मा आफुले लिएकाले आर्थीक कारणले उपचार नरोकिने समेत बताउनु भयो ।
दृष्टीविहिन जैसीले आर्थिक अभाव तथा पारिवारिक कारणले यस अघि आँखाको उपचार गर्न नसकिएको र अहिले आँखाको उपचारका लागी पहल गरिदिनु भएकोमा नगरप्रमुख ढकाललाई धन्यवाद व्यक्त गर्नु भयो । आज विहान नगरप्रमुख ढकालले आफ्नै सवार गर्ने गाडीका राखेर जैसीलाई उपचार गर्न काठमाण्डौं लिनु भएको छ । यस सम्बन्धी बिस्तृत भिडियो कमलबजार मिडिया केबिएम टिभी अनलाईन तथा कमलबजार दैनिक लगायतका फेसबुक पेजमा अपलोड गर्नेछौं ।
ADVERTISEMENT