कमलबजार, कात्र्तिक ०९ ।
कमलबजार श्रिङ्गारीक महा आरती धर्म जागरण सप्ताह महा महोत्सव कमल बजारमा सुरु भएको छ । महा महोत्सबको संघिय माननीय पुष्प बहादुर शाहले आज उद्घाटन गर्नु भएको छ ।उद्घाटन समारोहमा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रतिनिधि सभा माननीय पुष्प बहादुर शाहले धर्म र संस्कारले समाजलाई मजबुत ,बलियो बनाउदै जोडने अतिमहत्वपुर्ण रहेको बताउनु भएको छ । समाज र मानव सव्यता सबै धर्ममा नै बाधिएको ले सबैले अर्धर्म भुलेर सत्कर्म र धर्मको मार्गमा लाग्न सबैलाई अनुरोध समेत गर्नेु भएको छ ।
मानिस धार्मिक, बन्दै गए समाज सभ्ययताको प्रतिविम्भ बन्दै शु शान्त , समाज निर्माण हुने बताउनु भयो । श्रिङ्गारीक महा आरती धर्म जागरण सप्ताह महा महोत्सव कार्यक्रममा बोल्दै पुर्व माननीय राम बहादुर विष्टले देशमा हुनु पर्ने कुरा नभएर कुर्कमका काम भैरहेको बताउनु भयो । साथैं अहिले भ्रष्ट कुसस्कार मौलाएका कुरा बहिर आइरहेको बताउनु भयो । देशमा शान्ती छैन सस्कृति बचाउनु पर्ने र्धममा आस्था राख्न आग्रह र्गनु भयो । नेपाली कांग्रेस अछामका नेता बलबहादुर कुवर ,पदमराज अधिकारी नयाँ राम बजगाई ,रामबहादुर शाही पंचदेवल विनायक नगर पालिकाका निवर्तमान नगर प्रमुख देवराज देवकोटा तृमाखाद गाउपालिकाका निवर्तमान अध्यक्ष पुष्पराज शर्मा , कमलबजार नगरपालिकाका नगर उपप्रमुख शारदा बिष्ट कुवर , निवर्तमान उपप्रमुख भुमिशरण बजगाई, नेपाली कांग्रेस अछामका युवा नेता जनक भण्डारी , नेता खेम भण्डारी ,राजेश बोगटी, कार्यक्रम मुख्य निर्दशक कासिराम बजगाइ, कमलबजार नगरपालिका वडा नं ७ का वडा अध्यक्ष नृप बहादुर बोहरा कमलबजार नगरपालिका प्रशासन तथा योजना शाखा प्रमुख खडग बहादुर बिष्ट लगायत स्थानीय बजार बासी स्थानीय आयोजक समितिका विभिन्न पदाधिकारी पत्रकार लगायत भक्तजनहरुको ठुलो उपस्थिति रहेको छ ।
आयोजक समितिका अध्यक्ष कृणप्रसाद ढकाल को अध्यक्ष तामा संचालन भएको कार्यक्रम को संचालन सुरेन्द्र बहादुर चलाउने ले गर्नेु भएको थियोे भने । सातदिन सम्म संचालनमा रहने महा आरति जागरण सप्ताह का प्रमुख बाचक पंडित जीवन न्यौपाने शास्त्रीले भागवत वाचन गर्नुहुने भएको छ । साथै धार्मिक झाकि समेत प्रस्तृत गरिने भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय