हिक्मत बहादुर नेपाली
अछाम, कात्तिक १६ ।
देवकोटा बन्धु समाजले काव्य उत्सवबाट संकलन गरेको रकम मृगौला पिडित गायक राजाराम भाट लाई हस्तान्तरण गरेको छ । विभिन्न सहगोग दाता बाट संकलित रकम बाट अन्य खर्च कटाएर बाकी रहेको १५ हजार पाँच सय रकम हस्तान्तरण गरिएको हो । कमलबजार मिडिया प्रालि द्धारा सञ्चालित रेडियो केबिएम एफएम ८९.९ मेगाहर्जको स्टुडियोमा एक कार्यक्रम बिच कलाकार राजाराम भाट लाई समाजका केन्द्रिय सदस्य कृष्ण प्रसाद देवकोटाले हस्तान्तरण गर्नु भयो ।
सहयोग हस्तान्तरण कार्यक्रममा समाजका केन्द्रिय सदस्य देवकोटाले कलाकार राजाराम भाटले गायन क्षेत्र बाट यस क्षेत्र लाई चिनाउन महत्वपुर्ण भुमिका निवार्ह गर्नुभएको र हाल उहाँको स्वास्थ्यमा समस्या भएकोले उपचारमा सघाउ पुगोस भनेर सहयोग गरेको बताउनु भयो ।
महाकवि देवकोटाको ११६ औं जन्मदिनको अवसरमा हिजो देवकोटा बन्धुको उद्गम स्थल ढकारी गाँउपालिका वडा नं ८ देवकोटमा गायक भाटले आफ्नो प्रस्तुती राख्नु भएको थियो । समाजका अछाम अध्यक्ष कार्यक्रम सफल पार्न गायक भाटको प्रस्तुतीले महत्वपुर्ण भुमिका खेलको स्मरण गर्दै धन्यवाद व्यक्त गर्नु भयो । साथैं आगामी दिनमा पनी समाजले यस्ता सामाजिक कार्य गरिरहने बताउनु भयो ।

https://fb.watch/vABqEk3Daq/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय