हिक्मत बहादुर नेपाली
अछाम कात्तिक १६ ।
कमलबजार नगरपालिका वडा नं.६, स्याउँलेमा भाइटिकाको दिन कार्तिक १८ गते राति र १९ गते दिउँसो लाग्ने मेला व्यवस्थापनका लागी मेलम व्यवस्थापन समिती गठन गरिएको छ । आज वडा अध्यक्ष लाल बहादुर शाहको रोहवरमा बसेको बैठकले मेलालाई मर्यादित र व्यवस्थीत गराउन बालाराम ढकालको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ । साथै हस्त बहादुर शाहीको संयोजकत्वमा १५ सदस्यीय स्वयंसेवक परिचालन समिति समेत गठन भएको छ।
मेलामा विभिन्न देउसी भैलो समुहका देउसी भैली प्रस्तुती प्रस्तुत गरिनुका सार्थै १९ गते विहान खकेन्द्र उपाध्याय र तुल्सी थापाको देउडा खेल पनि देउडा खेल प्रस्तुत गरिने मेला व्यवस्थापन समितीका संयोजक बालाराम ढकालले केबिएम एफएम लाई जानकारी दिनुभयो । मेला व्यवस्थापन समितीले मेला अवधिभरमा मधिरा सेवन गरी उछृङ्खल गतिविधि गर्नेलाई हदैसम्मको जरिवाना पनि गरिने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय