
हिक्मत बहादुर नेपाली
अछाम, मंसिर ०३ ।
अछामको कमलबजार नगरपालिकामा अवस्थित कमलबजार विमानस्थलको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री माननीय अरुणकुमार चौधरीले आज अनुगमन गर्नु भएको छ । अनुगमनका क्रममा संक्षिप्त कुराकानी गर्दै मन्त्री चौधरीले विमानस्थल सञ्चालनमा कुनै समस्या नरहेकाले एक हप्ता भित्रै परिक्षण उडान गरेर, नियमित उडानका लागी प्रकृया अगाडी बढाउन पहल गर्ने बताउनु भयो ।
अनुगमनका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका ऐयरड्रम ईन्जीनियरिङ शाखाका प्रवन्धक ईन्जिनियर नल विक्रम थापाले गत बर्ष ग्राभेल समेत भईसकेको विमानस्थलमा प्राविधिक दृष्टिकोणले सञ्चालनका लागी कुनै समस्या नरहेको बताउनु भयो । सानो जहाजका लागी निमार्ण भएको संरचनाको विस्तार गर्न आवश्यक रहेको र सरकारले संरचना बनाईराख्दा आपतकालिन समयमा पनी काम लाग्ने भएकाले सरकालले यस तर्फ काम गर्नुपर्ने उहाँको भनाई छ ।
विमानस्थलको अनुगमनका लागी आउनु भएका प्राविधिक सहितको मन्त्रीको टोली लाई कमलबजार नगरपालिकाले स्वागत गरेको थियो । आज विहान पालिकाका उपप्रमुख शारदा बिष्ट कुँवरको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा विमानस्थलको सञ्चालनको माग सहित ज्ञापनपत्र हस्तान्तरण गरिएको छ ।
मागपत्रमा पर्यटकिय दृष्टिकोणले प्रचुर सम्भावना बोकेको कमलबजारमा अवस्थित विमानस्थल लाई सञ्चालन लाई नियमित सञ्चालनमा ल्याउनका माग गरिएको छ । यस्तैं ग्राभेल भएको विमानस्थल लाई तत्काल पक्की गर्न र थप भौतिक संरचना निमार्णका लागी वजेट विनियोजन गर्न समेत माग गरिएको छ । कमलबजार नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत चक्र बहादुर बिष्टले सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा विभिन्न तहका जनप्रतिनिधी सहित विभिन्न सरोकारवालाको उपस्थित रहेको थियो । स्वागत कार्यक्रम लगतै भएको अगुगमन पश्चात कमलबजार नगरपालिकाका नगर प्रवत्ता तथा कमलबजार नगरपालिका वडा नं ५ का अध्यक्ष सत्यराज तिमिल्सैनाले विमान स्थल सञ्चालनका लागी पालिका तह बाट धेरै काम गर्न नसकिने भएकाले संघिय सरकार बाटै व्यवस्थापन गर्नु पर्ने र पालिकाले गर्नुपर्ने समन्वयमा कुनै कमि नरहने बताउनु भयो ।
कमलबजार विमान स्थल सञ्चालन हुदाँ रामारोशन लगायत पर्यटकिय क्षेत्रमा पर्यटन प्रवद्धन गर्न सघाउ पुग्नुका साथै यहाँका नागरिक लाई हवाई यातायात संग जोडिन सहज हुने भएकाले तत्काल सञ्चालन गर्नुपर्ने कमलबजार उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद ढकालको भनाई छ ।
कमलबजार विमान स्थलको यस अघि तत्कालिन लोकेन्द्र बिष्ट मगर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुदा परिक्षण उडान समेत गरिएको थियो । गत बर्ष मन्त्रालय बाट बिनियोजित करिव डेढ करोड रकमबाट विमान स्थलको ग्राभेलको काम सम्पन्न भएपश्चात राज्यमन्त्री चौधरीको आगमन भएपछी पुन परिक्षण उडान संगै नियमित सञ्चालनको चर्चा चुलिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री चौधरी सहितको टोली आजै रामारोशन जाने कार्यक्रम रहेको छ ।