हिक्मत नेपाली /झरना विक
अछाम, मंसिर ०४
आज विश्व शौचालय दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । हरेक वर्ष नोभेम्बर १९ तारिखमा सरसफाइका लागि शौचालयको महत्त्वबारे चेतान जगाउन विश्व शौचालय दिवस मनाउने गरिन्छ । यसै विच आज विश्व शौचालय दिवसका अवसरमा कमलबजार नगरपालिका वडा नं २ बजुडा स्थित शिशु शुधार माद्यामिक विद्यालयमा जनचेतनामुलक कार्यक्रम गरि मनाईएको छ ।
कमलबजार नगरपालिका एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम हेल्भेटास नेपालको आर्थीक सहयोग र ग्रामिण विकास केन्द्र रुडेकको प्राविधिक तथा सहजिकरणमा विद्यालय स्तरिय वक्तित्वकला कार्यक्रम सम्पन्न भएको हो । वक्तित्वकलामा ७ जना विद्यार्थीले भाग लिएका थिए । शौचालय शान्तीका लागी एक ठाँउ भन्ने नाराका साथ भएको वक्तित्वकला कार्यक्रममा बोल्ने अधिकांशले घरघरमा सुरक्षित सफा शौचालय बनाएर अनिवार्य चर्पीको प्रयोग गरि विभिन्न रोग लाग्न बाट बच्नुपर्ने तर्फ सचेत हुनुपर्ने धारणा राखेका थिए ।
वक्तित्वकलामा सहभागी मध्ये लक्ष्मण नेपालीले प्रथम स्थान हासिल गरेका छन । वक्तित्वकला कार्यक्रममा धनसरी नेपाली द्धितिय, दिपेश खड्का तृतिय र गायत्री खड्का सान्त्वना भएका छन । प्रथम, द्धितिय ,तृतिय र सान्त्वना हुने विद्यार्थी लाई सरसफाईमा प्रयोग हुने विभिन्न सामाग्री तथा शैक्षिक सामाग्री पुरुस्कार हस्तान्तरण गरिएको थियो ।
बिद्यालय व्यवस्थापन समितिका सदस्य सचिव टेक बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा मानसैन पितरपुज्ने खानेपानी तथा सरसफाई योजनामा सचिब लोकेन्द्र बहादुर रावत, रुडेक नेपालका प्राविधिक कर्मचारी उजिर सिंह नेपाली, सहनशिल साउद, विद्यालयमा कार्यरत शिक्षक, स्थानीय समाजसेवी, विभिन्न संघ संस्थाका प्रतिनिधी, विद्यार्थी लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन ग्रामिण विकास केन्द्रकी सहजकर्ता जानकी तिमिल्सैनाले गर्नुभएको थियो ।

https://www.facebook.com/share/p/gfuv3zjab7KQpwUw/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय