
देउडा गायक महेन्द्र विकले चर्चीत देउडा गीत बजारमा ल्याउनु भएको छ । केही वर्ष अघि एकपछि अर्को गरि देउडा गीतहरु बजारमा ल्याउने युवा देउडा गायक विकले करिब ५ बर्ष पछि नयाँ देउडा गीत बजारमा ल्याउनु भएको हो । अहिले बजारमा आएको गीतपनी निकै मार्मिक छ । साइको माया लैजा बोलको गीतमा माया पिरती लगायत यस क्षेत्रको कला संस्कृति, धार्मिक तथा पर्यटीकय क्षेत्रको बर्णन र सुख्ख दुख्खमा आधारित देउडा गीतले एका एक चर्चा पाएको छ । अहिले यस क्षेत्रका अधिकांश नागरिकहरु उक्त गीतमा टिकटक समेत बनाउन थालेका छन । पुरानो भाकामा तयार भएको गीतले सबैको मन छोएको छ । स्थानीय चालचलन, सुख्ख दुख्खमा आधारित गीत गाउँदै आउनु भएका विकका गीतहरु निकै मार्मिक चर्चित र हुने गर्दछन । २०५८ साल देखी गायन यात्रा सुरु गर्नुभएका विकले २०६५ सालमा सुदुरपश्चिममा उत्कृष्ट देउडा गायकको अवार्ड समेत पाउनु भएको थियो । देउडा गायक विकलाई त्यो बेलाको निकै चर्चित देउडा गीत राती दिएइ सैना गीतले अर्वाड दिलाएको हो । कलाकार विकले बजारमा ल्याएका गीतहरुले निकै राम्रो बजार लिने गरेको छ । रेडियो गाउँघर संग छोटो कुराकानी गर्दै कलाकार विकले आफु यही क्षेत्रमा कृयाशिल रहेको र केही कारणले नियमित गीतहरु बजार ल्याउन नसकेको भन्दै देउडा गीत प्रतिको लगाव अहिले पनि उतिकै रहेको प्रतिकृया दिनुभएको छ । हाल रोजगारीको शिलशिलामा धनगढीमा रहनु भएका विक चार देखी ५ बर्षको अवधिमा एउटा गीत मात्रै बजार ल्याउने तर निकै उत्कृष्ट गीत ल्याउने गरेका छन । साइको माया लैजा गीत बजार ल्याएको छोटो समयमै धेरै माया देखाएकोमा दर्शक र स्रोतालाई धन्यवाद दिनुभएको छ । दर्शकको यो मायाले आफुलाई थप हौसला प्राप्त भएको कलाकार विकको भनाई छ । कलाकार विकले गाउँनु भएका गीतहरुले समाज परिवर्तनका क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्नुका साथै स्थानीय कला संस्कृति संरक्षण तथा संवर्धनमा महत्वपूर्ण भूमिका खेलेका छन । युवा देउडा गायक विकले हाल सम्म ४० भन्दा बढि गीत बजारमा ल्याई सक्नुभएको छ । भवानी प्रसाद रेग्मीको निर्देशनमा बजार आएको साइको माया लैजा गीत सहीत हिरण्ड कुमार साउदको सहकार्यमा बाकी गीतहरु पनि बजारमा ल्याउने योजना रहेको विकले जानकारी दिनुभएको छ । भिडियो Link –