हिक्मत बहादुर नेपाली
अछाम बैशाख २ ।

अछाम जिल्लाको रामारोशन गाउँपालिका वडा नं ५ मा अवस्थित रामारोशन पर्यटकिय स्थलमा नयाँ वर्षमा घुमघामका लागि आन्तरिक पर्यटक बढी रहेका छन । यसै विच अछाम गजलमञ्चले पर्यटन प्रवर्द्धनका लागि अछाम साहित्य उत्सव रामारोशनको रामे मैदानमा सम्पन्न गरेको छ । नयाँ बर्षको अवसर पारि आयोजना भएको उत्सवमा अछाम जिल्ला र जिल्ला वाहिर रहेने साहित्यकार पत्रकार र सरोकारवालाको व्यापक सहभागीता रहेको थियोे ।

रामाराेशनकाे पर्यटन प्रवर्द्धनका लागि भनेर अछाम गजल मन्चले “अछाम सहित्य उत्सव” रामाराेशन क्षेत्रमा आयोजना गरेको गजलमञ्चका अध्यक्ष भिम सरोवरले बताउनु भयो । उत्सव सफल पार्नका लागि रामारोशन गाउँपालिकाले आर्थिक सहयोग गरेको थियोे । कार्यक्रमकाे प्रवर्द्धन  रामाराेशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिले गरेको थियोे । अछाम स्थित विभिन्न सञ्चार माद्यामले प्रचारप्रसार गरेका थिए । साहित्य उत्सवको पहिलाे दिन उत्सवको  उदघाटन संगै स्थानीय तहमा महिला नेतृत्व अवसर र चुना‌ती विषयक संवाद संचालन गरिएको थियो । नेतृ  अनुराधा स्वार संग गरिएको उक्त संवादको सहजिकरण रेडियो नेपालका अछाम संवाददाता  हिक्मत बहादुर  नेपालीले गर्नु भएको थियोे । यस्तै  भुमीगत देखि गणतन्त्र सम्मकाे यात्रा  : एक अनुभव – विषयक संवाद खडक बहादुर राेकाया ‘सागर’ गरिएको थियोे जसको सहजिकरण पत्रकार  शिवराज खत्रीले गर्नुभएको थियोे । उत्सवको पहिलो दिनमै गजल साँझ समेत सञ्चालन गरिएको थियो । जसमा गजलकार  गाेल्डेन उद् भास, सीता यरी र कृष्ण बिरही आफ्ना गजल सुनाउनु भयो । गजलसाँझको  सहजिक रण हिमाल उदासीले गर्नु भयो । संगै स्थानीय देउडा संस्कृति लाई जगर्ना गर्न लाईभ देउडा समेत प्रस्तुत गरिएको थियो । जसमा कलाकार अमना राेकाया,कमला राेकाया ,रमेश रावत, उज्जल सिँ साउँद तथा  टिमले देउडा खेल प्रस्तुत गरिएको थियोे । उत्सवको दोस्रो दिन रामाराेशनका भेडिगाेठका कथा सेसन- भेडापालक कृषक उदय ब. राेकाया ‘रकेट’ संग उहाले भेडा चराईरहेको स्थानमै गएर सञ्चालन गरिएको थियो ।जसको सहजिकरण पत्रकार  रमेश रावतले गर्नुभयो ।
यस्तै एकल वाचन (मुक्तक र गफ) सेसन – रावल कृष्ण संग पत्रकार/साहित्यकार  टेकराज भण्डारीको सहजीकरणमा सम्पन्न भएको थियोे ।
 दोस्रो दिनकै अर्को सेसन अन्तरगत अछामी गजल वाचन गरिएको थियोे । जसमा गजलकार राम ब. भण्डारी, भरत अधिकारी ‘जलन’, विद्युत्मा रैकाले अछामी गजल प्रस्तुत गर्नुभयो । जस्तो सहजीकरण  झनक अधिकारी ‘बारुद’ले गर्नु भएको थियोे । रामाराेशनका कला, संगित र स्वर सेसन अन्तरगत  भीम बिष्ट ‘अछामी रेखा’ र जनक साउँद ‘लाल टाेपी’ले आफ्नो प्रस्तुति प्रस्तुत गर्नु भयो । उत्सवकै अर्को महत्त्वपूर्ण सेसन  के कुर्दैछ रामाराेशनकाे साैन्दर्य विषयमा रामारोशन पर्यटन विकास तथा प्रवर्द्धन समितिका संस्थापक अध्यक्ष  चक्र बहादुर रावल, वडा अध्यक्ष केशर ब. शाह,रामारोशन पर्यटन विकास तथा प्रवर्द्धन समितिका  अध्यक्ष पुर्ण बहादुर वि क संग पत्रकार  तपेन्द्र कुँवरले संवाद संचालन गर्नु भएको थियो । र काव्य रसपान अन्तर्गत कवि बिपी अस्तु र कमलराज के सी ले आफ्ना कविता वाचन गर्नुभएको थियो । सो सेसनको सहजीकरण कवि- मनाेज विवशले गर्नु भएको थियो। पर्यटन प्रबर्द्धन संगै साहित्य क्षेत्रमा नवीन सन्देश सहित रामारोशनमा अछाम साहित्य उत्सव सम्पन्न भएको छ । उत्सव सफल पार्न सहयोग गर्ने सबैलाई आयोजक गजलमञ्चले धन्यवाद व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय