अछाम जिल्लाको रामारोशन गाउँपालिका वडा नं ५ मा अवस्थित रामारोशन पर्यटकिय स्थलमा नयाँ वर्षमा घुमघामका लागि आन्तरिक पर्यटक बढी रहेका छन । यसै विच अछाम गजलमञ्चले पर्यटन प्रवर्द्धनका लागि अछाम साहित्य उत्सव रामारोशनको रामे मैदानमा सम्पन्न गरेको छ । नयाँ बर्षको अवसर पारि आयोजना भएको उत्सवमा अछाम जिल्ला र जिल्ला वाहिर रहेने साहित्यकार पत्रकार र सरोकारवालाको व्यापक सहभागीता रहेको थियोे ।





