हिक्मत बहादुर नेपाली
अछाम बैशाख १७ ।
कमलबजारमा बैशाख २२ र २३ गते दुई दिने आखा शिविर सञ्चालन हुने भएको छ । नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान, काठमाण्डौं, नेपाल नेत्रज्योती संघ गेटा आँखा अस्पताल कैलालीको आयोजना र कमलबजार नगरपालिका अछामको सहजिकरणमा शिविर हुन लागेको हो । दुई दिने आँखा शिविरमा आँखाको मोति विन्दुको निःशुल्क अप्रेशन लगायत आँखामा समस्या भएका व्यक्तिहरुको उपचार समेत गरिने कमलबजार नगरपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत खड्ग बहादुर बिष्टको हस्ताक्षरित पालिका द्धारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । शिविर यहि बैशाख २२ र २३ गते विहान ९ बजे देखि कमलबजार बहुमुखी क्याम्पस कमलबजार अछाममा सञ्चालित गरिने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय