हिक्मत बहादुर नेपाली
अछाम श्रावण १९ ।
अछाम जिल्ला को तुर्माखाद गाउँपालिका वडा नं १ रहफ को खिरापानी समुदायमा गठित खिरापानी सामुदायिक विपद व्यवस्थापन समितिले पहिरो नियन्त्रणका लागि स्थानीय बाँस को प्रयोग गरी नयाँ प्रविधिकाबाट पहिरो रोकथामको कामहरू सञ्चालन गरेकाे छ। वाक नेपाल र वर्ल्डविजन इन्टरनेसनल नेपालको संयुक्त साझेदारीमा सञ्चालन भएको समुदायमा आधारित विपद जोखिम न्यूनीकरण (CBDRR project) को आर्थिक तथा प्राविधिक सहयोगमा उक्त खिरापानी समुदायमा नैने अल्पीकरणीय तठबन्धन योजना सम्पन्न भएको हो ।उक्त योजना सम्पन्न पश्चात करिब २५ घरधुरी पहिरोको जोखिमबाट जोगिने कुरामा सामुदायिक विपद व्यवस्थापन समिति विश्वस्त रहेको छ। उक्त योजना को कुल लागत ४ लाख ९२ हजार ८ सय ९९ जनश्रमदान सहित रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय