अछाम , फाल्गुन १३ ।
अछामको कमलबजार नगरपालिका वडा नं ७ फल्टाने बस्ने ६६ बर्षिय हिरा देवि अधिकारी लाई आज दिउसो ११:३० बजे बदेलले आक्रमण गर्दा घाइते हुनुभएको छ । आफ्नै घर देखि ५०० मिटर टाढा रहेको पत्थरिया खान जंगलमा बाख्रा चराउने क्रममा एक्कासी जंगली जनावर बदेलले आक्रमण गरी घाईते बनाए पछि उपचारको लागी स्वास्थ्य चौकी कमलबजार पठाएको ईलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक बिरेन्द्र सिंह जोहारीले बताउनु भयो । घाइते अधिकारीको कम्मरमा चोट लागेको र अवस्था मध्यम रहेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय