२०८३ भदौ २४
युनिक नेपाल र नेपाल स्वयमसेवी रक्तदाता समाज राजापुर नगर समितिको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
राजापुर नगरपालिका वडा ५ पहाडीपुरमा रहेको राजापुर केमिकल ईन्डस्टीज प्रा.लि.को प्राङगरणमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
राजापुर रक्त सञ्चार केन्द्रको प्राबिधिक सहयोगमा बिरामी परेकाको उपचारमा रगत अभाव हुन नदिने उदेश्यले बुधबार वृहत् रक्तदान कार्यक्रम गरिएको हो ।
‘स्वस्थ रगत सबैका लागि रक्तदान जीवनदान’नारासहित आयोजित कार्यक्रमको प्रमुख अतिथी राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारु त्यसै गरी बिशिष्ट अतिथीमा राजापुर केमिकल ईन्डस्टीज प्रा.लि.का सञ्चालक यज्ञ वली, महाप्रबन्धक श्री कृष्ण महत्व त्यसैगरि राजापुर केमिकल ईन्डस्टीज प्रा.लि.का प्रशासन प्रमुख ईन्द्र प्रसाद ढकाल, युनिक नेपाल लघुबित्त बित्तीय संस्था लि. राजापुर शाखाका शाखा प्रबन्धक निर्मल रैका, युनिक नेपालका कार्यसमिति सदस्य राधा कुमारी चौधरी युनिक नेपालका कार्यक्रम अधिकृत जगतराम चौधरी लगायतको उपस्थिीती रहेको थियो ।
उक्त बृहत रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका थिए भने युनिक नेपालका अध्यक्ष प्रिम बहादुर थारुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।




