हिक्मत बहादुर नेपाली
अछाम, भाद्र १७ ।
अछाम जेसीजले रसुवा बाढी पिडितका लागि सोमबार मंगलसैनमा संकलन गरेको सहयोग रकम आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ । संकलित रु. ८५ हजार ९ सय रकम ग्लोबल आईएममी बैंक मार्फत उक्त खातामा जम्मा गरिएको अछाम जेसिज बर्ष २०२६ का कोषाध्यक्ष कमल कुमार रावलले जानकारी दिनुभयो । यहि भाद्र १० गते रसुवा जिल्लामा आएको विनाशकारी बाढीका कारण धेरै घरपरिवार प्रभावित भएका छन्। यस्तो कठिन समयमा पीडितहरूको साथमा उभिनु र आवश्यक सहयोग गर्नु मानवताको सेवा हो। यही मानवीय भावनाका साथ अछाम जेसीजले रसुवा बाढी प्रभावितहरूका लागि मंगलसेन बजारमा राहत संकलन अभियान सञ्चालन गरेको थियो ।
उक्त अभियानमार्फत संकलित रु. ८५,९००/- आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
यो सहयोग केवल राहत मात्र होइन, विपद्को समयमा पीडित परिवारलाई दिइएको साथ, आशा र हौसला पनि भएकोले यस महत्वपूर्ण मानवीय पहलप्रति अछाम जेसिज बर्ष २०२६ का अध्यक्ष झनक अधिकारीले हृदयदेखि नै आभार व्यक्त गर्नु भएको छ । साथै, यस मानवीय कार्यका लागि अछाम जेसीजले सञ्चालन गरेको अभियानमा साथ, सहयोग र हौसला प्रदान गर्नुहुने मंगलसेन बजारका सम्पूर्ण व्यापारी तथा आम नागरिकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्नु भएको छ । यस्तै सहयोग, एकता र मानवताको भावना सधैं जीवित रहनु पर्ने उहाँको भनाई छ ।
गत सोमबार अछाम जिल्लाको सदरमुकाम समेत रहेको मंगलसेनमा सञ्चालन भएको राहत संकलन अभियानमा अछाम जेसीज बर्ष २०२६ का अध्यक्ष झनक अधिकारी ,२०२० का अध्यक्ष तुलाराम बि सी, २०२३ का अध्यक्ष टेक ब थापा,२०२४ का अध्यक्ष फलेन्द्र उपाध्याय ,२०२५ का अध्यक्ष जितमान बोहरा ,बर्ष २०२६ का कार्यकारिणी उपाध्यक्ष हिक्मत बहादुर नेपाली ,महासचिब आनन्द साउद, कोषाध्यक्ष कमल रावल, उपाध्यक्ष दिपक खत्री ,सह कोषाध्यक्ष नरेस थापा लगायत जेसीज सदस्यहरूको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय