१६ भदाै २०८३,

नेपाल–तिब्बत सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा राजापुर बजार स्थित मंगलबार साँझ राजापुर गेरुवा लघुबित्त कर्मचारी मंञ्चले दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा आयोजना गरेको छ।
राजापुर र गेरुवामा रहेका लघुबित्त बित्तीय संस्थाको सामुहिक आयोजनामा दीप प्रज्वलन गरिएको हो ।

कार्यक्रममा सहभागीहरूले ‘नेपाल’ लेखिएको आकृति र नेपालको राष्ट्रिय झण्डाको स्वरूपमा राखिएका मैनबत्ती प्रज्वलन गरेका थिए।

उनीहरूले मृतकको चिरशान्ति, घाइतेको शीघ्र स्वास्थ्यलाभ तथा सम्पर्कविहीन व्यक्तिहरूको सकुशल खोजी र उद्धारका लागि प्रार्थना गरेका थिए ।

नेपाल र तिब्बतको सीमा क्षेत्रमा मंगलबार आएको आकस्मिक बाढी र पहिरोपछि मृत्यु हुनेको संख्या धेरै रहेकाे र हाल सम्म पनि यति संख्यामा भन्ने एकिन भएकाे छैन भने धेरै व्यक्ति सम्पर्कविहीन रहेका छन्।

कार्यक्रममा बाेल्दै युनिक नेपाल लघुबित्त बित्तीय संस्था लि का शाखा प्रबन्धक निर्मल रैकाले प्राकृतिक विपत्तिले रसुवा लगायत आसपासकाे क्षेत्रमा गम्भीर क्षति पुर्‍याएको भन्दै मृत्यु हुने सबैप्रति श्रद्धाञ्जली अर्पण संगै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना र बेपत्ताकाे खाेजी र उद्वारमा जाेड दिए साथै पीडित परिवारप्रति समवेदना व्यक्त गरे ।

उनले बाढी पिडितहरुलाई आर्थिक, नैतिक र भौतिक सहयोगमार्फत विपद्पीडितको साथमा उभिनुपर्नेमा जोड दिएका थिए ।

उनले नेपालभित्र र विदेशमा रहेका सबै नेपालीलाई आ(आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गरे।
रैकाले विपद्का बेला जात, धर्म, क्षेत्र र राजनीतिक आस्थाभन्दा माथि उठेर मानवीय सहयोगमा केन्द्रित हुनुपर्ने बताए।

कार्यक्रममा नाडेफ लघुबित्तका राजापुर प्रमुख सन्ताेष कुमार गुप्ता , ग्रामीण लघुबित्तका गिरीराज आचार्य त्यसैगरि निर्धन लघुबित्त राजापुरका शाखा प्रमुख खेम कुमारी भण्डारी लगायतले सम्बोधन गरेका थिए।

वक्ताहरूले भने, “मृत्यु हुने सबैप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ। देशकाे जुन सुकै ठाउमा बसे पनि हामी नेपाली हुनुकाे नाताले हामीले पीडित परिवारलाई साथ सहयाेग गर्नु पर्ने कुरामा जाेड दिएमा थिए ।

कार्यक्रममा राजापुर गेरुवाका लघुबित्त कर्मी सर्वसाधारणको उपस्थिति रहेकाे थियो ।

कार्यक्रममा सहभागीहरूले एक मिनेट मौनधारण गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।

बाढीले नेपालका सडक, पुल, बस्ती र सञ्चार संरचनामा ठूलो क्षति पुर्‍याएको छ। घटनापछि उद्धार टोलीहरूले प्रभावित क्षेत्रमा खोजी तथा राहत अभियान जारी राखे पनि हजाराै संख्यामा मृत्यु र बेपत्ताको संख्या भएकाेले उद्धार तथा विवरण संकलनसँगै परिवर्तन हुन सक्ने अधिकारीहरूले बताएका छन् ।
कार्यक्रमकाे सञ्चालन हिमालयन लघुबित्तका राजापुर प्रमुख प्रदिप पनेरूले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय