निर्मल राजा
२०८३ भदौ १७,
जीवन बिकास,युनिक नेपाल र मानुषी लघुवित्त वित्तीय संस्थाबीच मर्जर गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित भएको छ ।
आईतबार संस्थाको केन्द्रीय कार्यालय कोहलपुर,बाँकेमा सम्पन्न भएको बिशेष साधारण सभाले मर्जरमा जाने प्रस्ताव पारित गरेको हो ।
विशेष साधारण सभामा सेयरधनीहरुको भौतिक रुपमा तथा रियल टाइम अनलाईन जूम प्रविधिबाट र प्रोक्सी मार्फत ६३.८२ प्रतिशत उपस्थिति रहेको थियो ।
एकीकृत कारोबारपछि संस्थाको कार्यक्षेत्र कर्णाली प्रदेश बाहेक देशभर विस्तार हुनेछ । ६ वटा प्रदेशमा गरी संस्थाको शाखा संख्या २३३ पुग्ने छ ।

 

जीवन विकासले हाल ३१ जिल्लामा लघुवित्त सेवा प्रवाह गरिरहेको छ त्यस्तै युनिक नेपालले ६ जिल्ला र मानुषीले १४ जिल्लामा वित्तीय सेवा प्रवाह गरिरहेको छ ।
मर्चर सम्बन्धित सम्पूर्ण प्रक्रिया पूरा गरी २०८३ साल असार मसान्तभित्रै एकीकृत कारोबार सुरु गर्ने तयारी भए पनि राष्ट्र बैंकले एकिकृत कारोबारको अन्तिम स्वीकृती पत्र भने दिएकाे थिएन ।
गत चैत २८ गते जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्त वित्तीय संस्थाबीच मर्जरमा जाने सम्झौता भएको थियो ।

 

यो सँगै जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्त वित्तीय संस्थाबीच मर्जरको कार्य सुनिश्चित भएको छ ।
उक्त कार्यक्रम युनिक नेपाल लघुबित्त बित्तीय संस्थाका अध्यक्ष  शिव बहादुर चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय