२०८३ भाद्र १८
निर्मल राजा
जीवन विकास लघुवित्त वित्तीय संस्था लि. र कर्मचारीले भाेटेकाेशी बाढी प्रभाबितका लागि प्रधानमन्त्री दैवी प्रकाेप उद्वार काेषमा २५ लाख ५ हजार रुपैया सहयाेग गरेकाे छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १२ लाख ५३ हजार रुपैयाँ तथा कर्मचारीहरूको तर्फबाट १ दिनकाे पारिश्रमिक १२ लाख ५२ हजार गरी कुल २५ लाख ५ हजार रुपैया नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले जानकारी दिए ।

प्रमुख कार्यकारी अधिकृत मण्डलले
‘विपद्को कठिन घडीमा समुदायको सुख–दुःखको साथीको रूपमा रहँदै आएको जीवन विकासले आफ्नो सामाजिक उत्तरदायित्व सम्झिएर सहयोग गरेको हो,’ भने,‘हाम्रो सानो सहयोगले बाढीबाट विस्थापित र प्रभावित हुनुभएका दाजुभाइ तथा दिदीबहिनीहरूको दैनिक जीवनयापनमा केही राहत पुग्ने विश्वास लिएका छौं उनले भने।’

संस्थाले भदौ १० गते आएको भीषण बाढीले पुर्‍याएको ठूलो परिमाणको जनधनको क्षतिप्रति संस्थाले गहिरो दुःख व्यक्त समेत गरेको छ ।
बाढीका कारण ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै संस्थाले शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी गहिरो समवेदना प्रकट गरेको छ ।

मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको जीवन विकासले कोशी ,मधेश र बागमती प्रदेशका ३१ जिल्लामा घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय