नेपालगन्ज बाँके असोज १ ।

नेपाल जेसीजको ६२औँ स्थापना दिवसको अवसरमा पाँच वटा जेसीज शाखाले संयुक्त रूपमा अन्तरक्रिया तथा सामाजिक सेवा कार्यक्रम सम्पन्न गरेका छन्।
अछाम जेसीज, बैजनाथ जेसीज, बर्दिया जेसीज, कोहलपुर जेसीज र नेपालगन्ज जेसीजको संयुक्त आयोजनामा नेपाल जेसीजको ध्येय (Mission) तथा दृष्टिकोण (Vision) सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा नेपाल जेसीजको मिशन, भिजन, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्वका विषयमा सहभागीहरूबीच विचार आदानप्रदान गरिएको थियो।
अन्तरक्रिया कार्यक्रमपश्चात् “मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो” भन्ने मूल भावनाका साथ नेपालगन्जस्थित नीलसागरमा आश्रित अनाथ बालबालिकाका लागि स्वास्थ्य सामग्री सहयोग गरिएको थियो। सामाजिक सेवामार्फत मानवीय भावना, सहयोग र समुदायप्रतिको उत्तरदायित्वलाई थप सुदृढ गर्ने उद्देश्यले सहयोग प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा अछाम जेसीजका अध्यक्ष जेसी झनक अधिकारी, बैजनाथ जेसीजका अध्यक्ष जेसी गणेश खड्का, बर्दिया जेसीजका अध्यक्ष जेसी टीकाराम चौधरी, कोहलपुर जेसीजका अध्यक्ष जेसी लुना बुढाथोकी र नेपालगन्ज जेसीजका अध्यक्ष जेसी मोहित बाबु शर्मा लगायत विभिन्न जेसीज शाखाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
संयुक्त कार्यक्रमले जेसीज शाखाहरूबीचको आपसी सहकार्य, नेतृत्व विकास तथा सामाजिक सेवाप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाउन योगदान पुर्‍याएको सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय