काठमाडौं असोज ०३ । अछाम जेसीजको आयोजनामा मङ्गलसेनको खुलामञ्चमा संविधान दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।
संविधान घोषणा भयको आजको दिनलाई बिषेश मान्दै दिपावली स्वरुप दिप प्रज्वलन गरियको हो।
कार्यक्रममा अछाम जेसीजका पूर्वअध्यक्षहरू, वर्तमान कार्यसमितिका पदाधिकारीहरू तथा जेसीजप्रति आस्थावान् सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। यस्तै संविधान दिवसकै अवसरमा अछाम जेसीज सहित पाँचवटा शाखाको संयुक्त आयोजनामा नेपालगन्जमा ‘मेरो संविधान, मेरो आवाज’ कार्यक्रम अन्तर्गत संविधानसम्बन्धी जनसुझाव सङ्कलन कार्यक्रम समेत सम्पन्न गरिएको छ। अछाम जेसीज, बर्दिया जेसीज, बैजनाथ जेसीज, कोहलपुर जेसीज र नेपालगन्ज जेसीजको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा सम्बन्धित शाखाका अध्यक्ष लगायत पदाधिकारीहरूको सहभागिता रहेको थियो।
कार्यक्रम मार्फत जनताका सुझाव तथा संविधान कार्यान्वयनसँग सम्बन्धित विषयहरू सङ्कलन गरी सुधार गर्नुपर्ने पक्षहरूलाई सुझावका रूपमा प्रस्तुत गर्दै सरकारको ध्यानाकर्षण गराउने उद्देश्य राखिएको छ। अछाम जेसीजले संविधान दिवसको अवसरमा आयोजना गरेका यी कार्यक्रमहरूले नागरिक सहभागिता, सचेतना र सकारात्मक सामाजिक परिवर्तनप्रति जेसीजको प्रतिबद्धता प्रस्तुत गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय