हिक्मत बहादुर नेपाली
कमलबजार, भाद्र १३ ।
अछामको कमलबजार नगरपालिका वडा ८ डुंगाला स्थायी ठेगाना भई हाल टीकापुर बस्दै आएका धन बहादुर बिक सवारी दुर्घटनामा परि गम्भीर घाइते भएर विगत लामो समयदेखि उपचाररत रहेका छन । डाक्टरका अनुसार उहाँको उपचारका लागि ५ लाख भन्दा बढी रकम आवश्यक रहेको छ । सवारी दुर्घटनामा घाइते बिकको उपचारका लागि हाल सम्म विभिन्न सहयोग दाताको पहलमा २ लाख ८० हजार संकलन भएको जानकारी डा. योगेन्द्र प्रसाद बजगाईले कमलबजार दैनिक डटकम लाई जानकारी दिनुभएको छ । समाजसेवी बजगाईका अनुसार बिकको उपचारका लागि अझै २ लाख भन्दा बढी अपुग रहेको छ । बिकको आर्थिक अवस्था निकै कमजोर रहेकाले निजका परिवार र आफन्तले सहयोगको अपील गरेका छन ।
सहयोगका लागि अपिल सहित सम्पर्क निम्म अनुसार गर्न सकिनेछ :
धनबहादुर बि क ( कमलबजार ८ डुङाला तथा हाल टीकापुर ) उपचार काेषमा सक्दाे सहयाेग गराैं, बाबुकाे अप्रेसनमा लगभग ४/५ लाख लाग्ने कुरा छ। सहयाेग काेषमा २,८०००० हजार जति जम्मा भएकाे छ। अब बाँकि २ लाख जति जुटेमा अप्रेसन सम्भव हुने देखिन्छ ।
आदरणीय स्वदेश तथा विदेशमा बसोबास गर्ने नेपाली दाजुभाई तथा दिदीबहिनीहरु बिगत लामो समय देखि दुर्घटनामा परि घाईते भएका धन बहादुर विक हाल टीकापुरमा रहेको नयाँ बिहानी पुन: स्थापना केन्द्रमा हुनु हुन्छ। उहाको आर्थिक अवस्था कम्जोर भएका कारण उहाको दायाँ तिरको खप्पर हाल्न पहिलो चरणको उपचारको लागि रु ४ लाख ५० हजार चाहिने भएकाले उहाको नाममा भएको ईसेवा, र भारतमा रहेका उनका दाई गोपाल विकको नाम रहेको गुगल पे यसमा राखिएको छ‌। सहयोगी, मनकारी व्यतित्व ज्यु हरुलाई सहयोगको लागि हार्दिक अपिल गर्दछौं।
नेपालका लागि ईसेवा नम्बर 9858489205
भारत का लागि गुगल पे नम्बर 9096340820

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय