ढकारी गाउपालीका वडा ३ ताली निबासी राम बहादुर बुढा को निधन गत असोज १५ गते भएको थियो । श्री गौरी शंकर माध्यमिक विद्यालय जुतिताली हिच्मा अछाममा स्थापना कालदेखि ठुलो योगदान पुर्याएका बुढाको निधनमा विद्यालय परिवारले शोक सभा आयोजना गरेको हो । विद्यालय स्थापना भएको ३२ साल हाल सम्म बिव्यस सदस्यमा रहेर विद्यालयको विकासमा महत्त्वपूर्ण भुमिका खेल्नु भएको थियोे । उहाँको सम्झनामा आज कात्तिक २७ गते विद्यालयको प्राङ्गणमा आयोजना गरिएको शोक सभामा अध्यक्ष पुर्ण बहादुर बुढा, प्रअ बल बहादुर बुढा ,शिक्षक अभिभावक संघका अध्यक्ष टेक बहादुर बुढा, निप्र भिम बहादुर बि शी, लेखापाल लोग बहादुर बुढा लगाएत विद्यार्थीको उपस्थिति रहेको थियोे ।





