
मंसिर १६,
नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले धितोमा प्रवाह गर्ने कर्जाको सिमा बढाएकाे छ ।
यस अघि अधिकतम सीमा ७ लाख सम्म धिताेमा दिन पाउने नीतिगत ब्यवस्था थियाे भने अब ७ लाखबाट अधिकतम १५ लाख रुपैयाँ सम्म पुर्याएको छ।
बैंक तथा वित्तीय संस्थामा तरलता अधिक भए पनि कर्जा प्रवाह न्यून हुँदा लघुवित्तलाई कर्जाको सीमा फराकिलो बनाइएको हो।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै लघुवित्त वित्तीय संस्थाले धितोमा प्रवाह गर्न पाउने कर्जाको अधिकतम सीमा १५ लाख पुर्याएको हो ।
यसअघि लघुवित्तले धितोमा ७ लाख रुपैयाँसम्म मात्रै कर्जा दिन पाउने व्यवस्था थियो ।
यस्ता छन् पाँच बुदामा माैद्विक नीतिकाे पहिलाे समीक्षा
६ प्रतिशत रहेकाे स्थायी तरलता सुबिधा दर ५.७५,नीतिगत दर ४.५० बाट ४.२५ प्रतिशत झारियाे,संस्था र ब्यक्तिलाई मद्वती निक्षेपकाे ब्याजमा १ प्रतिशत अन्तर हट्याे ।
ब्यक्तिगत अधिविकर्ष कर्जा अधिकतम ५० लाख बढाएर १ कराेड , लघुबित्त संस्थाले धिताेमा १५ लाख कर्जा दिन पाउने ।

राष्ट्र बैंकले ऋणीको कर्जा भुक्तानीमा समस्या देखिए कर्जा भुक्तानीको तालिका परिमार्जन गर्न सकिने व्यवस्था मिलाउने जनाएको छ।




