नेकपा एमाले अछामका क्षेत्र न २ का उमेदवार यज्ञबहादुर बोगटीको घरदैलो कार्यक्रम सुरू भएको छ । पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरि टोलीमा जाने नेताहरूको विदाई गरिएको थियोे । उमेदवार बोगटीलेआईतवार मंगलसेन नगरपालिका वडा न १ र २ मा घरदैलो गर्नुभएको छ । दुईवटै वडामा उमेदवार बोगटीलाई स्थानीय मतदाताहरूले भव्य स्वागत गरेका थिए । स्थानीय नागरिकहरू निकै खुसी हुँदै उमेदवार बोगटीलाई मतदान गर्न आतुर रहेको बताएका थिए । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहनु भएका बोगटीले स्थानीय मतदाताको माया पाउँदा आफुमा निकै उत्साह थपिएको बताउनुभयो । आफ्नो चुनावी अभियानको सुरूवातको दिनमै मतदाताले निकै उत्साह थपिदिएकाले यसबाट आफ्नो जित सुनिश्चित भएको दाबी गर्नुभएको छ । यसभन्दा पछि वडा न १३ को बस्तीका विभिन्न टोलमा घरदैलो गरिने पत्रकार चन्द्र बहादुर थापाले जानकारी दिनुभएको छ ।




