हिक्मत बहादुर नेपाली
अछाम माघ १८ ।
कमलबजार नगरपालिका वडा नं १ मुलीको आव २०८१/८२ को सार्वजनिक सुनुवाई तथा आव २०८२/८३ को अर्धबार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । वडा अध्यक्ष भक्त बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रमका प्रमसख अतिथी नगर प्रमुख यज्ञ प्रसाद ढकाल रहनु भएको थियो । कार्यक्रमको बिशिष्ट अतिथी नगर उपप्रमुख शारदा बिष्ट कुँवर, जिल्ला समन्वय समितीका सदस्य चक्रा कुमारी रावत चलाउने रहनु भएको थियो । यस्तै कमलबजार नगरपालिकाका प्रशासकीय अधिकृत खड्ग बहादुर बिष्ट लगायत विभिन्न संघ संस्थाका प्रतिनिधी कार्यक्रमको अतिथीको रुपमा रहनु भएको थियो । जनताले सार्वजनिक सुनुवाई कार्यक्रम उठाएका प्रश्नको जवाफ सम्बन्धीत सरोकारवालाले दिएका थिए । वडा सदस्य पदम प्रसाद ढकालको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन वडा सचिव नेत्र बहादुर बिष्टले गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण रेडियो गाउघरका प्रबन्ध निर्देशक टेक बहादुर थापा , रेडियो कमलबजारका प्रबन्ध निर्देशक पवित्रा खड्का र रेडियो केबिएम एफएमका प्रबन्ध निर्देशक तथा कमलबजार दैनिकका प्रकाशक सम्पादक हिक्मत बहादुर नेपालीले गर्नुभएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रम तीनवटै रेडियो तथा विभिन्न फेसबुक पेज र युटुवमा प्रकाशन प्रशारण हुनेछ ।





