अछाम माघ १८ ।
नेपाली कांग्रेस अछामको चुनाव केन्दित कार्यक्रम अन्तरगत जंगल घाटमा सम्पन्न भएको छ ।
जंगल घाटको कार्यक्रममा बोल्दै नेपालि कांग्रेस अछामका पाटि सभापति एवंम प्रतिनिधि सभा निर्वाचन का उम्मेदवार पुष्प बहादुर शाहले आफुले जंगल घाटको पक्की पुल निर्माणका लागि सम्बन्धित निकायमा प्रयास गारि काम आगाढी बढाएको र वेतन कर्णाली जलविधुत आयोजनाको निर्माणको काम अगाडी बढाउन समेत स्वीकत गरि निर्णय गराएको र हाल स्थगित भएको पुल आर्क डिजाएनको १ सय ८० मिटर लामो बन्ने र त्यसको पहल कदमी आफुले लिएको बताउनु भयो । उक्त पुल निर्माणको लागी डिपिआर साहित प्राविधिक डिजायन स्टेमेट सहित ४४ करोड रकम सुनिश्चित भई निर्माण गर्न बोलपत्र आह्वानको प्रकृयामा रहेको विघटित प्रतिनिधि सभा का सदस्य समेत रहेका निवर्तमान संघिय सांसद शाहले बताउनु भयो ।




