नेपाली कांग्रेस तुमाखाँद गाउँपालिका वडा नं ५ ले आयोजना गरेको चुनावि भेटघाट कार्यक्रम जम्पानीमा सम्पन्न भएको छ । नेपालि कांग्रेस वडा कार्यसमितीका सभापति कुल बहादुर शाही ज्युको समापतित्वमा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नेपालि कांग्रेस अछामका पाटी सभापति निर्वतमान प्रतिनिधी सभा सांसद एवंम प्रतिनिधी सभा सदस्य निर्वाचनका उमेदवार पुष्प बहादुर शाहाले आफु अछाम जिल्ला र आफ्नो निर्माचन क्षेत्रको विकास गर्न पदमा हुँदा र नहुँदा पनि अहोरात्र लागिरहेको बताउनु भयो । तृमाखाद क्षेत्रको वृहत्तर विकासका लागि आफ्नो जितको आवश्यक रहेकाले आशन्न फागुन २१ को निर्वाचनमा रुख चिन्हमा मतदान गरी विजयी गराउन सबै जनतालाई अनुरोध गर्नु भएको छ। आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै आफ्ना पाटिका कार्यक्रतालाई एकजुट हुदै लाग्न र अरुले गरेको हल्लामा नलाग्न आग्रह गरे । कार्यक्रममा बोल्दै नेपालि कांग्रेस अछामका महाधिवेशन प्रतिनिधि तथा समानुपातिक तर्फका उम्मेदवार पूवा नेता टेक बहादुर विकले आफु पूवा क्षेत्रको प्रतिनित्व गर्ने भएकाले सम्पूर्ण युवा हरले कही कतै अलमल नगारी रुख चिन्हमा मतदान गरी नेपाली कांग्रेस लाई विजयी गराएर सरकार बनाउन सफल बनाए देशको आर्थिक तथा सामाजिक विकास सम्बृद्धि र लोकतन्त्रको रक्षा हुने बनाउनु भयो । कार्यक्रममा नेपालि कांग्रेस अछामका महासमिती सदस्य पदमराज अधिकारी , महाधिवेशन प्रतिनिधि नमबहादुर शाही , नेपालि कांग्रेसका युवा नेता जनक भण्डारी , जिल्ला कार्यसमिती सदस्य अमृता बुढा , तुर्माखाद गाउँ कार्यसमितीका सभापती कविराम बयक लगाएत स्थानिय नेता कार्यक्रता सुभेच्छुक सुभचिन्नतक हरुको बालो सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय