नेपाली कांग्रेस तुमाखाँद गाउँपालिका वडा कार्यसमिती तोसी र धमालीले ले आयोजना गरेको चुनावि भेटघाट कार्यक्रम सम्पन्न भएको छ । छुट्टा छुटै भएको कार्यक्रम नेपालि कांग्रेस वडा कार्यसमि का सभापति ज्यूको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नेपालि कांग्रेस अछामका पाटी सभापति निर्वतमान प्रतिनिधी सभा सांसद एवंम प्रतिनिधी सभा सदस्य निर्वाचनका उमेदवार पुष्प बहादुर शाहाले आफु अछाम जिल्ला र आफ्नो निर्माचन क्षेत्रको विकास गर्न पदमा हुँदा र नहुँदा पनि अहोरात्र लागिरहेको बताउनु भयो । तृमाखाद क्षेत्रको वृहत्तर विकासका लागि आफ्नो जितको आवश्यक रहेकाले आशन्न फागुन २१ को निर्वाचनमा रुख चिन्हमा मतदान गरी विजयी गराउन सबै जनतालाई अनुरोध गर्नु भएको छ। आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै आफ्ना पाटिका कार्यक्रतालाई एकजुट हुदै लाग्न र अरुले गरेको हल्लामा नलाग्न आग्रह गरे ।कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य महाधिवेशन प्रतिनिधि जिल्ला कार्यसमितिका पदाधिकारी सदस्य क्षेत्रिय कार्य समितीका पदाधीकारी सदस्य नगर कार्यसमितीका पदाधिकारी सदस्य जनप्रतिनिधी वडा कार्यसमितिका सदस्य लगाएत पाटी सम्बद्ध विभिन्न भातृ संस्थाका प्रमुख हरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय