टेकराज भण्डारी, माघ २७, अछाम किशाेरीहरुलाई पाठेघरकाे मुखकाे क्यान्सरको जाखिमबाट बचाउने उद्देश्य गंगा माविका किशोरी विद्यार्थीलाई एचपीभी खाेप लगाईएकाे छ । एचपीभी खाेप अभियान अन्तर्गत १० देखि १४ बर्ष उमेरका कक्षा ६ मा अध्ययन गर्ने २५ जना किशोरीलाई खाेप दिईएकाे आधारभूत स्वास्थ्य सेवा केन्द्र भन्थानका प्रमुख कृष्ण प्रसाद जैसीले जानकारी दिनुभयाे । पाठेघरकाे मुखकाे क्यान्सर गराउने प्रमुख भाईरस एचपीभीबाट बचाउनकाे लागि याे खाेप प्रभावकारी हुने भएकोले याे खाेप अभियानकै रुपमा सञ्चालन गरिएको प्रमुख जैसीले बताउनु भयाे । साथै हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत गत बर्ष खाेप लगाउन छुटेका तथा विद्यालय नजाने गत बर्ष खाेप नलगाएका ११ देखि १४ बर्ष उमेर समुहका किशोरीलाई पनि खाेप लगाउने कार्यक्रम रहेकाे छ । खाेप अभियान अन्तर्गत मंगलबार गंगा माविमा खाेप शुरुवात कार्यक्रममा मंगलसैन नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष देबेन्द्र प्रसाद भण्डारी, गंगा माविका प्रधानाध्यापक माेतिराम भण्डारी, स्वास्थ्यकर्मीहरु मीना भण्डारी, रजना ओड, अनिता भण्डारी लगायतको सहभागीता रहेको थियाे । मंगलबार विद्यालयमा खाेप कार्यक्रम सञ्चालन भएको र बुधबार भन्थान आधारभूत स्वास्थ्य सेवा केन्द्रमा खाेप कार्यक्रम सञ्चालन गरिने बताईएकाे छ ।




