#लेखक बालाराम ढकाल
अछाम–२ , प्रमुख उम्मेदवारहरू माथी विश्लेषणको प्रयास गरेको छुँ। भोट चाहिँ जोसुकैलाई हाल्नुस् भन्न चाहन्छुँ ,किनकि तपाईहरु आफैमा सक्षम हुनुहुन्छ ।
#शेर बहादुर विश्वकर्मा
लामो राजनीतिक संघर्षबाट समाजको भुइँ तहबाट उदाएका नेता। समाज, राजनीति र सीमान्तकृत समुदायको अवस्था बुझेको बौद्धिक व्यक्तित्वको रूपमा चिनिन्छन्। यसपटक सचेत युवा,दलित समुदाय तथा समाजको तल्लो तहका मतदाताबाट उल्लेख्य समर्थन देखिएकाले प्रतिस्पर्धामा बलियो देखिन्छन्।
#झंकर बहादुर शाही
किसान अगुवा तथा मजदुर–किसानको प्रतिनिधित्व गर्ने नेता। निरन्तर राजनीतिक यात्रासहित वर्गसंघर्षको अवधारणालाई व्यवहारमा उतार्न खोज्ने प्रयासमा परिचित। दलभन्दा माथि उठेर मतदान गर्ने जनमत अझै व्यापक रूपमा तयार नभएको र संगठन सीमित भएकाले निर्वाचन चुनौतीपूर्ण देखिन्छ। संसदमा पुगे अछामका मुद्दा उठाउने क्षमतामा भने अपेक्षा गर्न सकिन्छ।
#भुपदेव शाह
झन्डै एक दशकदेखि वैकल्पिक र विवेकशील राजनीतिक धारमा सक्रिय। नयाँ पुस्ताको राजनीतिक चेतना र ‘जेन्जी’ भावनासँग जोडिएर हेर्नेहरू पनि छन्। बालेन्द्र साहसँगको निकट सम्बन्धका कारण प्रतिनिधि बने केन्द्रसँग अछामलाई जोड्न सक्ने सम्भावनाका रूपमा चर्चा हुने गरेको छ। जिल्लामा कम परिचित हुनुका बाबजुद पनि युवाहरुको देश बिदेशबाट ठूलो समर्थन । नयाँलाई बहुमत दिनैपर्ने भएका कारण पनि बलियो प्रतिस्पर्धीका रुपमा छन् ।
#बल बहादुर कुँवर
जनस्तरमा सहानुभूति प्राप्त उम्मेदवार। भौगोलिक सन्तुलनको दृष्टिले पनि स्वीकार्य मानिन्छन्। निर्वाचित भए भूगोललाई न्याय हुने अपेक्षा पनि छ।
#यज्ञ बहादुर बोगटी
अघिल्लो कार्यकालमा गाउँस्तरमा उपस्थित रहने र संसदमा आवाज उठाउने प्रयास गरेका। तर योजनाको कार्यान्वयनमा अपेक्षित प्रभाव देखिन सकेन ( कार्यकर्तामुखी )। पटक–पटक अवसर पाइसकेकाले यसपटक नयाँ नेतृत्वलाई अघि सार्नुपर्ने मत पनि उल्लेख्य छ।
#पुष्प शाह
सरल र सबैप्रति समान व्यवहार गर्ने व्यक्तित्व। एकपटक जनप्रतिनिधिको जिम्मेवारी पाइसकेकाले अहिलेको अवस्थामा संसदभन्दा बढी जिल्लामै बसेर संगठन र नेतृत्वमा योगदान दिनु उपयुक्त हुने धारणा पाइन्छ। संसदमा संतोषजनक उपस्थिति नरहेको। यसपटक कांग्रेस भित्रका अन्य अब्बल नेतृत्वले टिकट पाउन पर्थ्यो ।
(नोट : यो #लेखक बालाराम ढकालकाे व्यक्तिगत धारणा मात्र हो ।) Source बालाराम ढकाल Facebook wall




