टंक प्रसाद रिमाल
६ फागुन २०८२
अछाम — नेपाल शिक्षक संघ अन्तर्गत कमलबजार नगरपालिका नगर कार्यसमितिको नगर प्रतिनिधि भेला आज कमलबजारमा सम्पन्न भएको छ। नगर अध्यक्ष चक्र बहादुर बिष्ट को अध्यक्षतामा सम्पन्न भेलाले शिक्षा क्षेत्र सुधार र शिक्षक हकहित सम्बन्धी विभिन्न निर्णय गरेको जनाएको छ।
यसैगरी पञ्चदेवल विनायक नगरपालिका नगर कार्यसमितिको नगर प्रतिनिधि भेला पनि आजै सम्पन्न भएको छ। नगर कार्यसमिति अध्यक्ष अम्मरनाथ ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख अम्बिका चलाउने, विशिष्ट अतिथि नेपाल शिक्षक संघ अछामका अध्यक्ष नवेन्द्र राज जोशी तथा संस्थापक अध्यक्ष सुरत बहादुर बिष्ट लगायतका अतिथिहरूले सम्बोधन गर्नुभएको थियो।
भेलामा वक्ताहरूले शिक्षा क्षेत्रको गुणस्तर सुधार, शिक्षकहरूको पेशागत अधिकार संरक्षण, संगठन सुदृढीकरण तथा शिक्षक समस्याको समाधानका लागि समन्वयात्मक पहल आवश्यक रहेको बताएका थिए। भेलाले शिक्षा क्षेत्र र शिक्षक हकहितका विषयमा विभिन्न निर्णयहरू समेत गरेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय