अछाम फाल्गुन ०९ ।
नेकपा एमाले अछाम क्षेत्र नं २ को चुनावी प्रचारप्रसार अभियान कमलबजारमा नगरपालिका अन्तर्गत विभिन्न वडाका टोल टोलमा जारी छ । यसैबीच आज शनिबार कमलबजार नगरपालिका वडा नम्बर ६ अन्तर्गतका बिरपथ, गैरिटाँड बजार, बडापोखरा, हरथङ्ग, स्याउले र कोलडाँडामा मतदाता भेटघाट, घरदैलो र कोणसभाहरू भव्यताका साथ सम्पन्न भएकाे प्रचारप्रसार अभियान अन्तर्गत उम्मेदवारको सचिवालयले बताएको छ ।
अछाम निर्वाचन क्षेत्र नं. २ को चौतर्फी विकास र समृद्धिका लागि प्रत्यक्ष तर्फका सूर्य ध्वजाबाहक उम्मेदवार क. यज्ञ बहादुर बोगटी र समानुपातिक तर्फका उम्मेदवार क. बम बहादुर बि.सी. लाई अत्यधिक बहुमतले विजयी गराउन पूर्ण प्रतिबद्धताका साथ अभियान अगाडि बढिरहेको बताईएको छ । जनताको यो उत्साह र सद्भाव नै हाम्रो विजयको सुनिश्चितता रहेको उम्मेदवार बोगटीको भनाइ छ । आफ्नो अमूल्य मत सूर्य चिह्नमा प्रदान गरि दिन उहाँले मतदान संग आग्रह गर्नु भएको छ ।




