नेकपा एमाले अछाम क्षेत्र न २ का उमेदवार यज्ञबहादुर बोगटीले मतदाताको शिर निहुरिन नदिनेगरि कामगर्ने प्रतिबद्धता जनाउनुभएको छ । आफ्नो एउटै लक्ष्य भनेको क्षेत्र न २ का जनताको समृद्धी भएकाले आफु निर्वाचित भएपछी यही लक्ष्य पुरागर्न लागीपर्ने बताउनुभयो । युवासंघ अछामले आयोजना गरेको मोटरसाइकल ¥यालीपछी कमलबजारमा आयोजना गरिएको कोणसभा कार्यक्रममा बोल्दै उमेदवार बोगटीले आफुलाई दुईचार पैसा आउला र खाउला भन्ने सोच नभएको भन्दै कमीशन र भ्रष्टाचारको आफु विरोभएकाले आफुले कहिलेपनि गलत नियत नराखेको उमेदवार बोगटीको भनाई छ । कार्यक्रम मार्फत सबैलाई अनुरोध गर्दै एमालेका केन्द्रीय सदस्य समेत रहनुभएका बोगटीले भन्नुभयो म एक ईमान्दार र सोझो नेता हु, म काम र परिणममा विश्वाश गर्छु त्यसैले नमुना काम गरेर मतदाताको शिर उच्च राख्ने कामगर्ने प्रतिबद्धता दोहो¥याउनुभएको थियो ।
युवा संघ अछामका अध्यक्ष हेमन्त बिसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेता बोगटीले आफुले सुरु गरेका विकास निर्माणका योजनाहरुलाई पूर्णता दिनका लागि पनि पुन एक पटक आफुलाई मतदान गर्न आग्रह गर्नुभएको थियो । अछाम जिल्लामा धेरै विकास निर्माणका कामहरु अघि बढाएको दाबी गर्दै उमेदवार बोगटीले आफु निर्वाचति भएर गएपछी यहका नागरिकहरुको चाहाना बमोजिम कामगर्ने बताउनुभएको थियो ।
कार्यक्रममा नेकपा एमाले अछामका अध्यक्ष शिव प्रसाद उपाध्याय, समानुपातिक उमेदवार बमबहादुर बिसी, नेकपा एमाले अछामका पुर्व अध्यक्ष चन्द्र बहादुर बोहरा, उपाध्यक्ष बल बहादुर कुवँर, युवासंघका पुर्व अध्यक्ष कपील भण्डारी लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको संचालन एमाले अछामका युवा नेता सिद्ध प्रसाद ढुंगानाले गर्नुभएको थियो । मंगलसेनको एमाले पार्टी कार्यालय बाट निकालिएको मोटरसाइकल ¥याली कमलबजारमा पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय