अछामको तुर्माखाँद गाउँपालिका वडा न ३ मा ३७ जना नेकपा एमालेमा प्रवेश गरेका छन । चुनावको मुखैमा ३७ जना भन्दा बढी एमालेमा प्रवेश गरेपछी यसलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । वडाको लकान्द्र राउखोलाका स्थानीयहरु आजका मिति बाट नेकपा एमालेका प्रतिनिधि सभाका उमेदवार यज्ञबहादुर बोगटीलाई सहयोग गर्ने भन्दै पार्टीमा प्रवेश गरेका हुन । प्रवेशीहरु नेपाली काँग्रेस र नेपाली कम्युनिष्ट पार्टी बाट एमालेका समाहित भएका बताईएको छ ।
समाजसेवी डम्मर बुढा र जमान सिंह बुढाको नेतृत्वमा टोलका पुरै व्यक्तिहरु एमालेका प्रवेश गरेको एमाले वडा कमीटी भैरवस्थानले जनाएको छ । नव प्रवेशीहरुलाई नेकपा एमालेका समानुपातिक उमेदवार तथा प्रभावशाली नेता बमबहादुर बिसी र एमाले पुर्व जिल्ला कमीटी उप सचिव तथा तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिसीले टिका र खादा लगाएर स्वागत गर्नुभएको थियो । पार्टी प्रवेश कार्यक्रममा वडा अध्यक्ष कासीराम बुढा लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय