हिक्मत बहादुर नेपाली
अछाम फाल्गुन १७
अछामको रामारोशन गाउँपालिकाका तिलक बहादुर बटालाले सडक, विकास र सुशासनका माग राख्दै गाउँपालिका कार्यालय अगाडि आमरण अनसन सुरु गर्नु भएको छ । तल्लो पातल क्षेत्रमा सडक सुविधा नहुँदा पैदलै केन्द्र पुगेका बटालाले नौ बुँदे मागसहित शान्तिपूर्ण दबाबमूलक आन्दोलन थाल्नु भएको हो । रामारोशन गाउँपालिका–५ तल्लो पातल का २४ वर्षीय बटालाले शुक्रबार साँझ ६ बजेदेखि अनसन थाल्नु भएको हो । स्थानीयवासीले लामो समयदेखि भौतिक पूर्वाधार र सेवा प्रवाहमा समस्या भोग्दै आएको भन्दै आन्दोलनप्रति चासो देखाएका छन्।
तल्लो पातलमा सडक निर्माण, रामारोशन पर्यटन क्षेत्रको व्यवस्थापन, जयगढ–रामारोशन पर्यटकीय सडकको कालोपत्रे कार्य सम्पन्न गर्नुपर्ने, दुर्गम बस्तीमा सडक सञ्चालन, कर्मचारीतन्त्रको मनपरी अन्त्य, योजना खरिद–बिक्री रोक्नुपर्ने, विकास बजेटबाट अनावश्यक कर्मचारी नियुक्ति बन्द गर्नुपर्ने, शिक्षा सेवाको पहुँच विस्तार तथा सेवाग्राहीप्रति जवाफदेहिता सुनिश्चित गर्नुपर्ने उहाँका मुख्य माग छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय