हिक्मत बहादुर नेपाली
अछाम फाल्गुन २३ ।
अछाम क्षेत्र नं १ मा नेपाली कांग्रेशका उम्मेदवार भरत कुमार स्वार प्रतिनिधी सभा सदस्यमा निर्वाचित हुनु भएको छ । स्वारले १० हजार ७ सय ५८ मत प्राप्त गर्नु भएको छ । उहाँका निकटतम प्रतिद्धन्धी नेपाली कम्युनिष्ट पार्टीका भिम बहादुर रावलले १० हजार २ सय ३० मत प्राप्त गर्नु भयो । विजेता र निकटतम प्रतिद्धन्धीको मतान्तर ५ सय २८ रहेको छ । यस्तै नेकपा एमालेका दिपक बहादुर साउदले ७ हजार ३ सय ७८ मत प्राप्त गर्नु भएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओम प्रकाश रावलले १ हजार ७ सय ४५ मत प्राप्त गर्नु भएको छ । देशभर राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अधिकांश क्षेत्रमा उल्लेख्य मत सहित जित हासिल गरेता पनि यो निर्वाचन क्षेत्रमा चौथो बनेको छ । कडा प्रतिस्पर्धाका विच स्वाँरको जितसँगै अछाम क्षेत्र नं. १ मा २६ वर्षपछि काँग्रेसले प्रतिनिधि निर्वाचित गरेको हो । स्वार २०७२ को निर्वाचनमा रावलसँग पराजित हुनु भएको थियो । यस्तै साउद २०७० को संविधानसभा निर्वाचनमा रावलसँगै पराजित हुनु भएको थियो । रावल २०४८ मा नेपाली कांग्रेसका नेता बलबहादुर कुँवर र २०५६ को आम निर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वार गोविन्द बहादुर शाहसँग पराजित भएका थियो ।




