हिक्मत बहादुर नेपाली
अछाम चैत्र ४ ।
कमलबजार नगरपालिका वडा नं ५ कुईका स्थित गतेना ढकालटोल सडागडा कुईकाखोला सडक निमार्ण आयोजनाको अनुगमन गरिएको छ । कमलबजार नगरपालिकाको आ.व २०८२÷८३ को बजेटमा ५ लाख रकम बिनियोजन गरेको छ । कमलबजार नगरपालिकाका नगर उपप्रमुख तथा अनुगमन समितीका संयोजक शारदा बिष्ट कुँवरको नेतृत्वमा गएको अनुगमन टोलीले सडक निमार्ण योजनाको अनुगमन गरेको हो । अनुगमनमा योजना शाखामा कार्यरत सहायक पाँचौं बिरेन्द्र तिमिल्सैना, प्राविधिक शाखा प्रमुख अम्वेश्वरी कुँवर, प्राविधिक गौतम कुमार रोकामगर, फिल्ड सहायक हिक्मत बहादुर नेपाली लगायतको सहभागीता रहेको थियो । प्राविधिक स्टमेट अनुसार सडक निमार्ण कार्य भएको प्राविधिकको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय