अछाम चैत्र १५ ।  नेपाल शिक्षक संघ जिल्ला कार्य समिति अछामको २५ औ जिल्ला प्रतिनिधि भेला सम्पन्न भएको छ । संघका अध्यक्ष नबेन्द्र राज जोशीको अध्यक्षतामा भएको भेला बाट विभिन्न निर्णयहरु गरेको छ । भेलाले आफ्नो बार्षिक कार्यक्रमहरु तय गरि नेपाल सरकारले पेशागत संघ संगठन माथी अभिव्यक्ति दिएकाले नेपाल शिक्षक संघको अन्तर्राष्ट्रिय आबद्दता लाई आधार लिइ कानुनी उपचारका लागि संघीय कार्यसमिति लाई पहलकदमीका लागि अनुरोध गर्ने, आउदो शैक्षिकसत्र देखि हरेक विद्यालयका प्रधानाध्यापकलाई शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि जिल्लामा विज्ञ व्यक्ति बोलाइ पेशागत तालिम संचालन गर्ने निर्णय गरेको छ । यस्तै शिक्षक संघका सम्पुर्ण सदस्यलाइ शैक्षिक कल्याण बचत तथा ऋण सहकारी संस्थामा आबद्धका लागि अनुरोध गर्ने , शिक्षक संघ को बार्षिक कार्यतालिका निर्माण गरि कार्यन्वयनमा ल्याउने । शिक्षा बिकास तथा समन्वय इकाई, स्थानिय पालिकाको शिक्षा शाखा संग शिक्षकका सेवा सर्तका बिषयमा छलफल र समन्वयको काम गर्ने लगाएतका निर्णयहरु गरेको छ ।

कार्यक्रममा पुर्व सुचना तथा संचार राज्य मन्त्री गोविन्द बहादुर शाह प्रमुख अतिथि रहनुभएको थियो भने पार्टी सभापति पुस्प बहादुर शाह विशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य राख्ने अतिथिहरुले शिक्षकहरुलाई आफ्नो पेशागत हकहित संगै शैक्षिक गुणस्तरका क्षेत्रमा पनि काम गर्न सुझाव दिएका थिए । शिक्षकहरुलाई राज्य बाट नै विभेद भईरहेकाले यसका विरुद्ध निरन्तर आवाज उठाउनुपर्ने र आफ्नो क्षेत्र बाट सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए । कार्यक्रममा नेपाल शिक्षक संघका पुर्ब अध्यक्ष एवम नेपाली काङ्ग्रेस महासमिती सदस्य पदमराज अधिकारी, नेपाली काङ्ग्रेस अछाम क्षेत्र नम्बर १ र २ सभापति कृष्ण बुढा ,पुष्पराज शर्मा, नेपाल शिक्षक संघका पुर्ब केन्द्रिय सदस्य मदन कुवर, नेपाल ट्रेड युनियन काङ्ग्रेसका केन्द्रिय सदस्य छत्रकला बयक, नेपाल शिक्षक संघ सुदुरपश्चिम प्रदेश समिती उपाध्यक्ष सुनिता थापा, नेपाल शिक्षक संघ अछामका संस्थापक अध्यक्ष एवम नेपाली काङ्ग्रेस महासमिति सदस्य सुरत बहादुर बिष्ट, नेपाल शिक्षक संघ अछामका पुर्ब अध्यक्षहरु देबेन्द्र बहादुर शाह, बिष्णु प्रसाद भण्डारी, पत्रकार महासंघका उपाध्यक्ष टेक बहादुर थापा लगाएतले प्रतिनिधि भेलामा शुभकामना मन्तव्य राख्नुभएको थियो । अछाम बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष सारदा रावलले स्वागत मन्तवय राख्नुभएको थियो । संगठनका कोषाध्यक्ष टंक प्रसाद तिमिल्सेनाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको संचालन सचिव रुपानन्द उपाध्यायले गर्नु भएको पत्रकार टंक प्रसाद रिमालले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय