हिक्मत बहादुर नेपाली
अछाम चैत १७ ।
अछामको कमलबजार नगरपालिका वडा नं ७ फल्टाने र सुनदेवी टोलका ४२ कुकुर लाई रेविज विरुद्धको खोप लगाईएको छ । कमलबजार नगरपालिका पशु सेवा बाट खटिएको प्राविधिक टोलीले प्रत्येक नागरिकका घर घरमा गएर कुकुर लाई रेविज विरुद्ध लगाईने खोप लगाईएको पशु स्वास्थ प्राविधिक ज्योति नेपालीले बताउनुभयो ।
कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालको नेतृत्वमा गएको प्राविधिक सहित खटिएको टोलीले प्रत्येक नागरिकका घरघरमा गएर घरमा पालिएका कुकुरमा रेविज विरुद्धको खोप लगाएको हो । रेविज विरुद्धको खोप अभियान लाई पालिका भरी सञ्चालन गरिने नगर प्रमुख ढकालको भनाइ छ ।




