यनेपाल कुनै एक व्यक्ति, समूह, संस्था वा सीमित राजनीतिक दलको निजी सम्पत्ति होइन। यो सम्पूर्ण नेपाली जनताको साझा सम्पत्ति हो। नेपाल एक संवैधानिक लोकतान्त्रिक गणतन्त्र स्थापना भएकोे राष्ट्र हो, जहाँ संविधानको भाग ३ अन्तर्गत धारा १६ र १७ ले प्रत्येक नागरिकलाई स्वतन्त्रतापूर्वक बाँच्न, विचार व्यक्त गर्न र आफ्ना अधिकारहरूको उपभोग गर्न सुनिश्चित गरेको छ। तर, अधिकारसँगै नागरिक कर्तव्य पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।
राष्ट्रको हित, समृद्धि र स्थायित्वका लागि सम्पूर्ण नेपाली नागरिकहरूबीच एकता, सहकार्य र पारस्परिक सम्मान अत्यावश्यक छ। जाति, भाषा, धर्म, लिङ्ग, क्षेत्र वा राजनीतिक आस्थाका आधारमा विभाजन होइन,राष्ट्रिय एकता, सहिष्णुता र सामाजिक सद्भाव नै हाम्रो प्रमुख मार्गदर्शक सिद्धान्त हुनुपर्छ। देश र जनताको हितविपरीत हुने कुनै पनि गतिविधि—चाहे त्यो राजनीतिक आवरणमा होस् वा व्यक्तिगत स्वार्थ प्रेरित—स्वीकार्य हुन सक्दैन।
भ्रष्टाचार, बेथिति, अन्याय र अराजकता विरुद्ध दृढतापूर्वक उभिनु हरेक सचेत नागरिकको दायित्व हो। साथै, राष्ट्रहितमा गरिएका सकारात्मक प्रयासहरूलाई प्रोत्साहन गर्नु र रचनात्मक आलोचनामार्फत सुधारका लागि सहयोग गर्नु लोकतान्त्रिक संस्कारको महत्वपूर्ण पक्ष हो। राष्ट्र निर्माणको प्रक्रियामा अवरोध सिर्जना गर्ने, अस्थिरता फैलाउने तथा विध्वंस निम्त्याउने प्रवृत्तिहरूलाई समयमै निरुत्साहित गर्न आवश्यक छ। त्यसैले समयमै हामी सबैले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर
राष्ट्रिय एकता, सुशासन र दिगो विकासको दिशामा
सामूहिक रूपमा अघि बढ्न आजको आवश्यकता हो। 🇳🇵
✍️.लक्ष्मण न्यौपाने
कमलबजार नगरपालिका–५, अछाम 🙏💐




