हिक्मत बहादुर नेपाली
अछाम चैत्र २१ ।
सुन्दर अछाम यातायात प्रा.लि.को दोश्रो साधारण सभा आज शनिवार कमलबजारमा सम्पन्न भएको छ । सुन्दर अछाम यातायात प्रा.लिका अध्यक्ष खकिन्द्र प्रसाद बजगाईको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सभामा प्रालिको बार्षिक आयव्यय सहितको आर्थीक प्रतिवेदन तथा भौतिक र सांगठनिक प्रतिवेदन महासचिव हस्त बहादुर बिष्टले प्रस्तुत गर्नुभएको थियो । प्रालिको आम्दानी ३५ लाख ८० हजार, खर्च १४ लाख २७ हजार ७ सय ७४ र मौजात २१ लाख ५२ हजार २ सय २६ रहेको आर्थीक प्रतिवेदन प्रस्तुत गरिएको छ ।
साधारण सभामा प्रमुख अतिथी कमलबजार नगर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद ढकाल रहनु भएको थियो । सभामा बोल्दै उहाँले कमलबजारमा व्यवस्थित बसपार्क निमाणका लागी आफ्नो पुर्ण सहयोग रहने बताउनु भयो ।
सभामा बोल्दै विशिष्ट अथिती कमलबजार नगरपालिकाका प्रशासकीय अधिकृत खड्ग बहादुर बिष्टले यातायात व्यवसायीले सामाजिक उत्तरदायित्व अन्र्तगत अपांग जेष्ठ नागरिक गर्भवती महिला लगायत लाई विशेष छुटको व्यवस्था गरि कार्यान्वयनमा जोड दिनुपर्ने बताउनु भयो र साथैं उहाँले व्यावसायीले सरकारका सम्पुर्ण निकायमा दर्ता तथा नविकरणमा कडाई गर्न समेत सुझाव दिनु भयो ।
संस्थाका शेयर सदस्य र सभामा बोल्ने अधिकांश वक्ताले प्रालिले व्यस्थीत रुपमा आर्थिक कारोबार राखै पारदर्शी रुपमा काम गर्नुपर्नेमा जोड दिएका थिए ।
सभाका अध्यक्ष खकिन्द्र प्रसाद बजगाईले सबैका सुझावलाई ममन गरि आगामी दिनमा यातायात प्रालिका गतिविधी लाई व्यापक सुधार गर्ने प्रतिवद्धका साथ सभा लाई सम्पन्न गर्नु भएको थियो ।





