हिक्मत बहादुर नेपाली
अछाम चैत २४ ।
अछाममा सडक दुर्घटनामा परि ३ जना घाइते भएका छन । जिल्लाको कमलबजार नगरपालिका र बिनायक नगरपालिकाको सिमानामा पर्ने लाड्छे खोलामा ढकारीबाट आएको फोर्स हाइस गाडी आज विहान दुर्घटना हुँदा गाडीमा रहेका ३ जना घाइते भएको अछाम प्रहरीले बताएको छ । घाइते हुनेमा गाडी धनी खगेन्द्र थापा गाडी चालक ज्ञानेन्द्र बलामी मगर र यात्रु धर्म थापा रहेको घटना स्थलबाट ईलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक सरोज कुमार कैलाले जानकारी दिनु भएको छ । गाडीमा सवार अन्य यात्रु कोही नभएका कारण अन्य क्षेति भएन। घाईते तिनै जनालाई कमलबजार नगरपालिकाको एम्बुलेन्स मार्फत जिल्ला अस्पताल उपचारमा लिएएको छ। घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।




